अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन् । सुमधुर आवाज र मन छुने शब्द रचनाका कारण छोटो समयमै दर्शक सामु परिचित हुँदै आएका गायक, गीतकार एवं मोडल अशोक बिष्टको मौलिक कला, धर्म, संस्कृती, मेलापात, बेठि, चाडपर्व, रत्यौली, ठट्यौली अनि यसै भित्र लुकेर बसेको सबै जातजाति र धर्म संस्कृतिभित्रको एक सुत्र मायां र प्रेमको कथा वस्तु समेटिएको ‘मिठो मिठो बोली’ नामको लोकगीत बजारमा ल्याएका हुन् । उक्त गितको यही मंसिर २० गते लिखु गाउँपालिकाका अध्यक्ष श्री ध्रुर्व श्रेष्ठले सार्वजनिक तथा प्रिमियर गरेका थिए ।
सो गित गायक विष्टको आफ्नै आधिकारिक युट्युब च्यानलबाट प्रसारण गरिएको छ । उक्त गीतमा गायक विष्टसहित अस्मीता न्यौपानेले समेत स्वर भरेकी छन् भने गीतको संगीत संगीतकार सरोज प्याकुरेलले गरेका हुन् । गीतको एरेन्ज बरिष्ठ एरेन्जर मनोहर सुनाम ले गरेका छन् भने रेकर्डिक मास्टरिङ भोला पौडेलले साउण्ड डिजाइन स्टुडियोमा गरेका थिए।
सुमधुर स्वरमा गुन्जीएको उक्त गीतमा पुनम दाहाल, अशोक बिष्ट लागायत क्षेत्रपाल माध्यमिक बिद्यालयका विद्यार्थीहरुले अभिनय गरेका छन् । यस गीतको नृत्य निर्देशन क्षेत्रपाल विद्यालयका नृत्य शिक्षिका कमला चुधाराले गरेकी हुन् भने कोरियोग्राफी बरिष्ठ कोरियोग्राफर देवेन्द्र कुँवरले गरेका हुन् ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
312 Shares