

निर्वाचनको संघारमा आन्तरिक आक्षेपले लोकतान्त्रिक शक्ति कमजोर बनाउने चेतावनी
काठमाडौं। लामो समयदेखि नेपाली काँग्रेसलाई व्यक्तिगत स्वार्थको माध्यम बनाउँदै आएका केही स्वनामधारी नेतामाथि अनावश्यक आक्षेप र आलोचना नगर्नुपर्ने आवाज उठेको छ। एक लोकतन्त्रवादी विचारकले यस्तो आलोचनालाई “आकाशतिर फर्केर थुक्नुसरह” भन्दै त्यसले अन्ततः आफ्नै राजनीतिक आन्दोलनलाई क्षति पुर्याउने चेतावनी दिएका छन्।
उनका अनुसार, अवसरवाद र स्वार्थ केन्द्रित प्रवृत्ति समयसँगै आफैँ उजागर हुने भएकाले त्यसप्रति निरन्तर घोचपेच गर्नु आवश्यक छैन। “रछ्यान देखिसकेपछि आफैँ नाक थुनेर तर्केर हिँड्नुपर्छ,” भन्दै उनले नकारात्मक प्रवृत्तिलाई समयले नै छान्ने तर्क प्रस्तुत गरेका छन्।
उनले ती प्रवृत्तिहरूले तत्काल दुर्गन्ध फैलाए पनि दीर्घकालमा त्यो नै ‘अर्गानिक मल’ बनेर लोकतन्त्रलाई बलियो बनाउने प्रक्रियाको अंश हुन सक्ने टिप्पणी गरे। “लोकतन्त्रवादीहरूले यस्ता विषयलाई पनि परिपक्व ढंगले बुझ्न जरुरी छ,” उनले भने।
विशेषगरी निर्वाचनको मुखमा आन्तरिक आरोप–प्रत्यारोपले लोकतान्त्रिक पार्टीहरूकै हार निम्त्याउने खतरा रहेको भन्दै उनले सबै पक्षलाई संयम र चेतनाको आवश्यकता रहेको बताए। “कोही कसैमाथि गरिएको अनावश्यक प्रहार अन्ततः लोकतान्त्रिक शक्तिकै क्षति हुन्छ,” उनले स्पष्ट पारे।
उनको यो अभिव्यक्तिलाई आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्रको एकता, सहिष्णुता र दीर्घकालीन सोच आवश्यक रहेको सन्देशका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
एसएसपी दिलीप घिमिरेद्वारा सरुवा भएका इन्स्पेक्टरको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
-
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
-
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
-
मधेशमा सुधारको नयाँ अध्याय लेख्दै डिआईजी गोविन्द थपलिया : आठ महिनामै ऐतिहासिक छाप
-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
१५ घण्टा अगाडि
1.5kViews 443 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने अधिकांश महिलाले…



