अब आरोप–प्रत्यारोप होइन, विकासको गुदी देखाऔँ : पूर्व आईजीपी खापुङ

काठमाडौं । देशको राजनीति अनावश्यक आरोप–प्रत्यारोप र गालीगलौजमा सीमित हुँदै गएको भन्दै पूर्व प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले अब ‘धोती तानातान’ बन्द गरेर राष्ट्र विकासको स्पष्ट रोडम्याप सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
पूर्व आईजीपी खापुङले भने, “एक–अर्कालाई गाली गरेर, दोषारोपण गरेर देश बन्छ ? अब जनताले नाराभन्दा योजना खोजिरहेका छन्, भाषणभन्दा परिणाम चाहेका छन् ।”
उनले राजनीतिक दल र नेतृत्वसँग देश विकासको स्पष्ट रोडम्याप, भ्रष्टाचार उन्मूलनको ठोस कार्ययोजना, रोजगारी सिर्जनाको दिगो नीति, सन्तुलित र स्वाभिमानी वैदेशिक नीतिको झलक, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधारको खाका, सेवा प्रवाह र न्यायमा नागरिकको सहज पहुँच, साथै उत्पादन वृद्धि र बजार व्यवस्थापनको दीर्घकालीन योजना सार्वजनिक गर्न आग्रह गरे ।
“अब जनताले कसले कसलाई के भने भन्ने होइन, कसले देशका समस्या कसरी समाधान गर्छ भन्ने हेर्न चाहन्छन्,” खापुङको भनाइ छ ।

Facebook Comments Box
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
१५ घण्टा अगाडि

1.5kViews 443 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने अधिकांश महिलाले…

TOP
431 Shares