

ठेचोमा दोस्रो गोदावरी नगरव्यापी खुला मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
ललितपुर । ७६औँ शहीद दिवसको अवसर पारेर ठेचो क्वागाः ब्याडमिन्टन क्लबको आयोजनामा दोस्रो गोदावरी नगरव्यापी खुला मेयर कप ब्याडमिन्टन प्रतियोगिता आज माघ १५ गतेदेखि ठेचोमा सुरु भएको छ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यतामा प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो। उद्घाटन समारोहसँगै आज विभिन्न टिमबीच प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्।
ठेचो क्वागाः ब्याडमिन्टन क्लबका अध्यक्ष रत्नमान मालीका अनुसार प्रतियोगितामा गोदावरी नगरपालिकाभित्रका ३८ जना खेलाडी सहभागी छन्। उद्घाटन खेलमा आयोजकका तर्फबाट राजु बस्नेत र अमर मालीको जोडी तथा लक्ष्मी कृष्ण महर्जन र दीपक लामाको जोडीबीच प्रतिस्पर्धा भएको थियो, जसमा लक्ष्मी कृष्ण महर्जन–दीपक लामाको जोडी विजयी भएको छ।
त्यस्तै, दोस्रो खेलमा आयोजककै पवन केसी र योगेश श्रेष्ठको जोडी तथा बडीखेलका सरदकुमार रेग्मी र वीरबहादुर नगरकोटीबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा पवन केसी–योगेश श्रेष्ठको जोडीले जित हात पारेको छ।
प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद ४० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई १५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ।
गोदावरी नगरव्यापी दोस्रो खुला मेयर कप ब्याडमिन्टन प्रतियोगिताको मुख्य आयोजक ठेचो क्वागाः ब्याडमिन्टन क्लब रहेको छ भने गोदावरी नगरपालिका वडा नं. १२ सह–आयोजकका रूपमा रहेको छ। प्रतियोगिताले नगरस्तरमा खेलकुदको विकास, आपसी सद्भाव र प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



