मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान

महोत्तरी । मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका छन् । जिल्लाको भङ्गाहा–९ कञ्चनवनमा आठौँ दिनको रात्रिबास गरेका यात्री आज नवौँ दिन धनुषातिर प्रस्थान गरेका छन् । कञ्चनवन यस यात्रामा होली महोत्सवका लागि प्रसिद्ध छ ।

कञ्चनवन यो यात्राको आठौँ रात्रिबास हो भने महोत्तरीको पाँचौँ हो । यसअघि यात्राको चौथो दिन महोत्तरी प्रवेश गरेका यात्रीले जिल्लाका मटिहानी, जलेश्वर, मडै र ध्रुवकुण्डमा रात्रिबास गरिसकेका छन् । जनकपुरधामलाई केन्द्र बनाएर जम्मा १३३ किलोमिटरको बृत्तमा गरिने १५ दिने यो परिक्रमामा धनुषामा छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिबासको परम्परा छ ।

फागुन औँसीका दिन धनुषाको मिथिलाविहारी नगरपालिकाको ठेराकचुरीस्थित मिथिलाविहारी मन्दिरबाट सुरु भएको यो यात्रा मिथिलाविहारी (श्रीराम) र किशोरीजी (सीताजी)का प्रतिमा राखिएका डोला (डोली)साथ लगाई नाङ्गा खुट्टाले गरिन्छ । आज कञ्चनवनबाट धनुषा प्रस्थान गरेका यात्री रात्रिबास पर्वतामा गर्नेछन् । यसरी १०औँ दिन धनुषाधाम, ११औँ दिन सतोखरधाम, १२औँ दिन औरही र अन्तिम १५औँ दिनको रात्रिबास जनकपुरधामको रङ्गशाला मैदान हुनेछ । त्यसैगरी, यसअघि पहिलो दिनको रात्रिबास यात्रीले धनुषाकै हनुमानगढीमा गरिसकेका छन् ।यस यात्रामा मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा कल्याणेश्वर (कलना), गिरिजास्थान (फुलहर), करुणा र बिसौल क्रमशः दोस्रो, तेस्रो, १३औँ र १४औँ दिनका रात्रि विश्रामस्थल रहँदै आएको परम्परा छ । यस यात्रामा महोत्तरी र धनुषासमेत १०७ र भारततर्फ २६ किलोमिटरको दूरी छिचोलिन्छ ।अघि त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीराम र देवी सीता विवाहपछि तत्कालीन मिथिला राज्यका विभिन्न ठाउँमा वनविहार गर्दै भ्रमण गरेको विश्वासमा उनीहरूकै पदचाप पछ्याउन यो यात्रा परम्परा बसालिएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउछन्। मानव कल्याण र मोक्षको कामनासाथ यो यात्रा गरिने उनको भनाइ छ ।रासस

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
262 Shares