काठमाडौंमा जडिबुटी व्यापारी अपहरण प्रकरण : टेकुबाट तीन जना पक्राउ

काठमाडौं — जडिबुटी व्यवसायमा संलग्न एक व्यापारीलाई अपहरण गरी होटलको कोठामा बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका–१२, टेकुस्थित रोडलाइन प्यालस होटलको कोठा नम्बर १०५ बाट पूर्णबहादुर बोहरालाई उद्धार गर्दै तीन जना अभियुक्तलाई नियन्त्रणमा लिएको हो।
कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार बोहरा जडिबुटी व्यापारी हुन्। उनलाई केही समयदेखि निगरानीमा राखेर योजनाबद्ध रूपमा अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले गोप्य सूचनाका आधारमा होटलमा छापा मारेर बोहरालाई सकुशल उद्धार गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
घटनाबारे विस्तृत विवरण संकलन गर्ने तथा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
238 Shares