चुनावी सुरक्षामा तराई झरे काबिल अफिसर एसएसपी सुरेश काफ्ले

सर्लाही–रौतहटको कमाण्ड सम्हाल्दै कडा सुरक्षा रणनीति कार्यान्वयन
तराई क्षेत्रको चुनावी सुरक्षा थप मजबुत बनाउने उद्देश्यका साथ नेपाल प्रहरीका अनुभवी तथा काबिल अफिसर सुरेश काफ्ले तराई झरेका छन्। विगतमा बारा जिल्लामा सफल कमाण्डिङ गर्दै सुरक्षा व्यवस्थापनमा उदाहरणीय भूमिका निर्वाह गरिसकेका एसएसपी काफ्लेलाई यसपटक सर्लाही र रौतहट जिल्लाको संयुक्त सुरक्षा कमाण्डरको जिम्मेवारी तोकिएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले यी दुई संवेदनशील जिल्लाको सुरक्षा व्यवस्थापनमा कडाइ गर्ने विशेष जिम्मेवारी एसएसपी काफ्लेलाई दिएको हो। प्रहरी नेतृत्वको निर्देशनअनुसार उनी अहिले निर्वाचन स्थल आसपासको सुरक्षा सुदृढीकरण, जनशक्ति र स्रोतको प्रभावकारी परिचालन तथा नागरिकलाई सुरक्षित मतदान वातावरण उपलब्ध गराउने कार्यमा सक्रिय रूपमा खटिएका छन्।
केन्द्रिय प्रहरी प्रवक्ताका अनुसार, “यसपटकको निर्वाचन सुरक्षामा रणनीति थप स्मार्ट र डायनामिक बनाइएको छ। सम्भावित सबै चुनौतीहरूको सामना गर्न सुरक्षाकर्मीलाई पूर्ण तयारी अवस्थामा राखिएको छ।”
सुरक्षा निगरानी, सवारी व्यवस्थापन र स्थानीय प्रहरीसँगको समन्वयलाई उच्च प्राथमिकतामा राख्दै एसएसपी काफ्ले क्षेत्रीय स्तरमा निर्वाचन प्रक्रिया सुचारु, निष्पक्ष र निर्बाध बनाउने लक्ष्यमा केन्द्रित छन्। अनुभवी कमाण्डरको सक्रिय उपस्थितिले सर्लाही र रौतहटमा निर्वाचन सुरक्षा अझ बलियो हुने विश्वास गरिएको छ।

Facebook Comments Box
TOP
135 Shares