प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाईको ओइरो लाग्न थालेको छ । मधेसी मूलबाट पहिलो पटक नेपालको प्रधानमन्त्री जिम्मेवारी सम्हालेकोमा खुशी व्यक्त तीब्र

काठमाडौं, चैत १४ — नेपाली राजनीति इतिहास र देशमा प्रमुख कार्यकारी प्रधानमन्त्रीमा मधेसी मूलबाट पहिलो पटक नेपालको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको ऐतिहासिक अवसरमा बालेन्द्र शाह लाई विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले बधाई तथा शुभकामना व्यक्त गर्ने क्रम जारी रहेको छ।

यसै सन्दर्भमा अध्यक्ष दल मर्दन कामीले संयुक्त नागरिक पार्टीको तर्फबाट एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहलाई हार्दिक बधाई दिएका छन्।
उनले नेपालमा लामो समयदेखि संकुचित सोच र एकल संरचनामा सीमित रहँदै आएको राज्यसत्ताको कार्यकारीमा बालेन शाह पुगेको उल्लेख गर्दै अब नयाँ नेतृत्वले समावेशी लोकतन्त्र, सुशासन र नागरिक अधिकार सुनिश्चित गर्ने विश्वास व्यक्त गरेका छन्। उनले शाह प्रधानमन्त्री भएकोमा रुपान्तरणको संकेतको दावी गरेकाछ्न ।

प्रधानमन्त्री बालेन शाह हुनु नेपालको रुपान्तरित साशकिय संरचनाले आम नागरिकको अधिकार, न्याय तथा सांस्कृतिक विविधतालाई अपेक्षित सम्मान दिन नसकेको ऐतिहासिक अनुभव रहेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा प्रधानमन्त्री शाहको नेतृत्वमा अब देशले समावेशी लोकतन्त्र, सुशासन र नागरिक अधिकार सुनिश्चित गर्ने दिशामा नयाँ उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गरिएको छ।
साथै, करिब तीन दशक लामो लोकतान्त्रिक प्रक्रियामा देखिएका अस्थिरता, अहंकारी शासन र व्यवस्थागत चुनौतीहरूलाई अन्त्य गर्दै जनअपेक्षाअनुसार शासन सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
पार्टीले विशेष गरी गरिब, सुकुम्बासी, भूमिहीन तथा उत्पीडित र सीमान्तकृत समुदायको न्यायसंगत व्यवस्थापनमा सरकारको ध्यान जानुपर्नेमा जोड दिएको छ। सबै धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतालाई सम्मान गर्दै समान न्याय सुनिश्चित गर्न प्रधानमन्त्री शाहको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।
कामी द्वारा हस्ताक्षर गरेको विज्ञप्तिको अन्त्यमा प्रधानमन्त्री शाहको कार्यकाल सफल रहोस् र देशमा समावेशी लोकतन्त्रको नयाँ अध्याय सुरु होस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

Facebook Comments Box
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
२ दिन अगाडि

3.2kViews 448 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोबिन्द…

TOP
342 Shares