कमल थापा भन्छन्: बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाले हालको बालेन सरकार प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेपछि थापाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् यस्तो टिप्पणी गरेका हुन्।
थापाले भने, “सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ। वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन।”
पूर्वमन्त्री थापाले सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र राष्ट्रिय एकता नै पहिलो सर्त भएको स्मरण गराएका छन्।
प्रहरीले शनिबार बिहानै पूर्व गृहमन्त्री रमेश लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको थियो। त्यसपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भक्तपुरकै गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।

Facebook Comments Box
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
२ दिन अगाडि

3.2kViews 448 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोबिन्द…

TOP
251 Shares