

जेन–जी प्रतिवेदन कार्यान्वयन : ओली–लेखक पक्राउ, अन्य अधिकारीमाथि अनुसन्धान जारी
काठमाडौँ — गृह मन्त्रालयले जेन–जी आन्दोलनसम्बन्धी छानबिन आयोगको प्रतिवेदन कार्यान्वयनको लागि शनिबार प्रहरीमा पठाएको छ। प्रहरी प्रधान कार्यालय हुँदै जिल्ला प्रहरी परिसरसम्म प्रतिवेदन पुगेको उच्च प्रहरी अधिकारीले पुष्टि गरेका छन्। तथापि, प्रतिवेदन अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। यस निर्णयअनुसार सुरक्षा संयन्त्रसम्बन्धी पक्षलाई थप अध्ययन पछि मात्रै लागू गरिने र राजनीतिक नेतृत्वसम्बन्धी पक्ष तत्काल कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको थियो।
सोहीअनुसार, शनिबार नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ। प्रतिवेदनमा सात जनामाथि मुद्दा चलाउन सिफारिस गरिएको छ।
सुरक्षा संयन्त्रमा परेका तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाललाई तत्काल पक्राउ नगर्ने समझदारी गरिएको छ। आयोगले प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, र काठमाडौंका सिडिओविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो।
पक्राउ परेका ओली र लेखकलाई आइतबार अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
२ दिन अगाडि
3.1kViews 448 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोबिन्द…



