

ओली पक्राउविरुद्ध संसद र सडकमा उत्रने एमाले, सरकारमाथि ‘प्रतिशोधपूर्ण कदम’को आरोप
समाचार:
काठमाडौँ । पक्राउको विषयलाई लिएर आक्रामक रूपमा प्रस्तुत हुने भएको छ। मंगलबार बसेको एमाले सचिवालय बैठकले ओलीको गिरफ्तारीविरुद्ध प्रतिनिधि सभा बैठकमै आवाज उठाउने निर्णय गरेको हो।
पार्टीका महासचिव का अनुसार चैत १९ गतेका लागि बोलाइएको संघीय संसद बैठकमा एमालेले यो विषयलाई प्राथमिकताका साथ उठाउनेछ।
एमालेले संसदसँगै सडक आन्दोलनलाई पनि निरन्तरता दिने रणनीति तय गरेको छ। पार्टीले ओली तथा माथिको गिरफ्तारीलाई ‘असंवैधानिक, गैरकानुनी र प्रतिशोधपूर्ण’ भन्दै सरकारको कदमको कडा विरोध गरेको छ।
बैठकले सरकारमाथि पूर्वाग्रही ढंगले राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै यसविरुद्ध कानुनी र राजनीतिक दुवै मोर्चाबाट सशक्त प्रतिवाद गर्ने स्पष्ट पारेको छ।
यसैबीच, शान्तिपूर्ण प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको भन्दै एमालेले आपत्ति जनाएको छ। विशेषगरी सुर्खेतको वीरेन्द्रनगरस्थित पार्टी कार्यालयभित्रै प्रवेश गरी नेता–कार्यकर्तामाथि भएको आक्रमण तथा काठमाडौँमा भएको लाठीचार्जप्रति बैठकले निन्दा गरेको छ। घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।
एमालेले सरकार गठनसँगै सुरु भएका धरपकड र दमनले लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता र विधिको शासनमाथि गम्भीर खतरा उत्पन्न गरेको निष्कर्ष निकालेको छ। महासचिव पोखरेलले चेतावनी दिँदै भने, “सरकार जनादेश विपरीत मुठभेडतर्फ उन्मुख छ, जुन लोकतान्त्रिक प्रणालीका लागि प्रत्युत्पादक हुनेछ।”
पार्टीले सरकारी दमनविरुद्ध एकताबद्ध हुन सबै राजनीतिक दल, नागरिक समाज र संघ–संगठनलाई अपिल समेत गरेको छ।
यसैगरी, आगामी वैशाख ९ गते पर्ने को स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने निर्णय गरिएको छ।
त्यसका साथै, पछिल्लो प्रतिनिधिसभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाको समीक्षा गर्न तथा पार्टी संरचना सुदृढ गर्न निकट भविष्यमै केन्द्रीय कमिटी बैठक बोलाइने एमालेले जनाएको छ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
२ दिन अगाडि
3.1kViews 448 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोबिन्द…



