

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, पेसमेकर सफलतापूर्वक परिवर्तन
काठमाडौं । पूर्वयुवराज पारस शाह लाई मुटु सम्बन्धी समस्याका कारण अस्पताल भर्ना गरिएको छ। बिहीबार बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल मा भर्ना गरिएको हो।
उपचारमा संलग्न चिकित्सकका अनुसार शाहको मुटुमा जडान गरिएको पेसमेकरको ब्याट्री सकिएपछि नयाँ पेसमेकर प्रतिस्थापन गरिएको छ। यसअघि उनको मुटुको चाल नियमित राख्नका लागि बैंककमा पेसमेकर राखिएको थियो।
चिकित्सकहरूले जानकारी दिएअनुसार पेसमेकर परिवर्तन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ र हाल शाहको स्वास्थ्य अवस्था स्थिर रहेको छ। उनको स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएकाले आगामी दुईदेखि तीन दिनभित्रै अस्पतालबाट डिस्चार्ज गरिने अपेक्षा गरिएको छ।
पेसमेकर मुटुको चाल नियमित राख्न प्रयोग हुने महत्वपूर्ण चिकित्सकीय उपकरण हो। मुटुले आवश्यक गतिमा धड्कन दिन नसक्ने अवस्थामा यो उपकरण जडान गरिन्छ, जसले बिरामीलाई रिगाँटा लाग्ने, बेहोस हुने जस्ता जोखिमबाट जोगाउन मद्दत गर्छ।
चिकित्सकका अनुसार समयमै गरिएको उपचारका कारण अहिले अवस्था नियन्त्रणमा रहेको र चिन्ताजनक अवस्था नरहेको जनाइएको छ।
समाज
थप सामाग्री-
‘म आइजीपीको मान्छे हुँ’ भन्दै ठगी गर्नेहरू मेरा होइनन् : आईजीपी दानबहादुर कार्की
-
बलात्कार आरोपपछि कलाकार सागर लम्साल ‘बले’ चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासित
-
कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेद्वारा इलाका प्रहरी कार्यालय धरान निरीक्षण
-
आज चैत २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप
सरकारी विज्ञापन ‘ब्ल्याकआउट’: प्रेसमाथि आर्थिक नाकाबन्दीको खतरनाक संकेत
२० घण्टा अगाडि
2.7kViews 348 Shares Share on Facebook Share on Twitter सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णय गरेर केवल एउटा प्रशासनिक…



