उपसभामुखमा हर्क साम्पाङको पार्टीबाट महिला उम्मेदवार घोषणा, नयाँ–पुराना शक्तिबीच प्रतिस्पर्धा रोचक हुने संकेत

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि राजनीतिक माहोल तातेको छ। यसबीच हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि आफ्नो उपस्थिति बलियो बनाउने संकेत दिएको छ।

पार्टीका अध्यक्ष तथा सांसद साम्पाङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत उपसभामुख पदमा पार्टीका तर्फबाट महिला उम्मेदवार उठाउने घोषणा गरेका हुन्। उनले नयाँ राजनीतिक शक्तिहरूबीच प्रतिस्पर्धा रोचक हुने संकेत गर्दै प्रश्न गरेका छन्— “नयाँले नयाँलाई भोट हाल्छ कि फेरि उही पुरानै शक्तिलाई साथ दिन्छ?”

यसअघि प्रतिनिधिसभाको सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भइसकेका छन्। अब उपसभामुख पदका लागि यही चैत २२ गते निर्वाचन हुने तय भएको छ।

श्रम संस्कृति पार्टीको यो निर्णयलाई संसदमा वैकल्पिक र नयाँ राजनीतिक धारको परीक्षणका रूपमा हेरिएको छ। सीमित संख्या भए पनि आफ्नो एजेन्डा स्पष्ट रूपमा प्रस्तुत गर्दै पार्टीले महिला नेतृत्वलाई अघि सार्नुले प्रतिनिधित्व र समावेशिताको बहसलाई थप बल दिने अपेक्षा गरिएको छ।

अबको निर्वाचनले केवल पदको चयन मात्र होइन, नयाँ र पुराना शक्तिहरूबीचको राजनीतिक सन्तुलन कता ढल्किन्छ भन्ने संकेतसमेत दिनेछ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
484 Shares