

आकस्मिक मन्त्रिपरिषद् बैठक आज: तेल संकट, कालोबजारी र महँगीबारे कडा निर्णय हुने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो १ बजे बैठक बस्ने तय गरिएको छ ।
सचिवालयले जनाएअनुसार पछिल्लो समय देखिएको पेट्रोलियम पदार्थको सम्भावित अभाव, बजारमा बढ्दो कालोबजारी तथा चर्किँदै गएको महँगीलाई मध्यनजर गर्दै आकस्मिक बैठक आह्वान गरिएको हो ।
बैठकमा इन्धन आपूर्ति व्यवस्थापन, कृत्रिम अभाव सिर्जना गर्नेहरूविरुद्ध कडा कारबाही, र उपभोक्तालाई राहत दिने उपायबारे विस्तृत छलफल हुने बताइएको छ । साथै, बजार अनुगमनलाई प्रभावकारी बनाउने तथा मूल्यवृद्धि नियन्त्रणका लागि ठोस निर्णय गरिने सम्भावना रहेको छ ।
सरकारले पछिल्लो समय देखिएको आर्थिक दबाब र उपभोक्ता स्तरमा परेको असरलाई ध्यानमा राख्दै आवश्यक नीतिगत हस्तक्षेप गर्न लागिएको संकेत गरेको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



