उपसभामुखमा श्रम संस्कृति पार्टीको उम्मेदवारी, प्रतिस्पर्धा रोचक बन्ने संकेत

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने घोषणा गरेको छ। पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता ले शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उपसभामुखमा महिला उम्मेदवार उठाउने बताएका हुन्।

साम्पाङले सभामुखमा निर्विरोध निर्वाचित भएका लाई बधाई दिँदै अब उपसभामुख चयनको प्रतिस्पर्धा सुरु हुने उल्लेख गरेका छन्। “हामी महिला उम्मेदवार खडा गर्दैछौं। नयाँले नयाँलाई भोट हाल्छ कि पुरानै शक्तिलाई समर्थन गर्छन्, हेर्न बाँकी छ,” उनले लेखेका छन्। उनले उम्मेदवारी दिनु आफ्नो अधिकार भएको र मतदान गर्ने–नगर्ने निर्णय सांसदहरूको अधिकार रहेको स्पष्ट पारे।

प्रतिनिधि सभाको सभामुखमा (रास्वपा)का अर्याल शुक्रबार निर्विरोध निर्वाचित भएका थिए। उम्मेदवारी दर्ताको दिन उनी एक्ला उम्मेदवार बनेका थिए। उनलाई रास्वपाका सभापति ले प्रस्ताव गरेका थिए भने अर्थमन्त्री लगायतले समर्थन जनाएका थिए।

बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य ले अर्याल निर्वाचित भएको घोषणा गरेका थिए।

यसैबीच, उपसभामुख पद विपक्षी दललाई दिने संसदीय अभ्यासअनुसार र ले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन्। उता (राप्रपा)का संसदीय दलका नेता ले पनि सोही विषयमा शनिबार सँग भेटवार्ता गरेका छन्।

उपसभामुख चयनको प्रक्रिया सुरु भएसँगै प्रतिनिधि सभामा राजनीतिक समीकरण र मत गणनाको चासो तीव्र बनेको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
477 Shares