गृहमन्त्रीमाथि सूर्य थापाको कडा प्रहार : फेवाताल विवादले राजनीति ततायो

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले गृहमन्त्री सुधन गुरुङप्रति लक्षित गर्दै कडा आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत सोमबार साँझ सार्वजनिक टिप्पणी गर्दै थापाले गृहमन्त्री गुरुङको विगत र पछिल्लो फेवाताल जग्गा विवादलाई जोडेर आक्रामक अभिव्यक्ति दिएका हुन्।

थापाले गृहमन्त्रीलाई लक्षित गर्दै “डान्सबारको पूर्व बाउन्सर, फेवातालको हुस्सु अतिक्रमणकारी, संदिग्ध टिओबी सदस्यको अब खास हैसियत देखिने भयो” भन्दै टिप्पणी गरेका छन्। उनको यस अभिव्यक्तिले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।

पछिल्लो समय पोखरास्थित फेवाताल क्षेत्रको जग्गा अतिक्रमण प्रकरणले देशको राजनीति तातेको छ। उक्त विवादमा गृहमन्त्री गुरुङको नाम समेत जोडिएपछि विषय थप संवेदनशील बनेको छ।

जग्गाधनी ओमबहादुर गुरुङका अनुसार गृहमन्त्री गुरुङले करिब ६ वर्षअघि कास्कीको सिम्ले लामिडाँडास्थित जग्गा १५ वर्षका लागि वार्षिक २ लाख रुपैयाँ तिर्ने सहमतिमा भाडामा लिएका थिए। तर, एक वर्षको मात्र भाडा तिरेपछि रिसोर्ट निर्माण गरी सम्पर्कविहीन भएको आरोप लगाइएको छ।

यता, गृहमन्त्री गुरुङले भने आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गर्दै उक्त प्रकरणमा आफू ठगिएको दाबी गरेका छन्। उनले भाडा नतिर्ने विषय अस्वीकार गर्दै कानुनी प्रक्रियामार्फत सत्य बाहिर ल्याउने बताएका छन्।

फेवाताल अतिक्रमण प्रकरण र त्यसमा जोडिएका आरोप–प्रत्यारोपले राजनीतिक माहोल झन् तातेको छ भने आगामी दिनमा यस विषयले थप तरंग ल्याउने संकेत देखिएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
131 Shares