लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत आठौँ बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आ–आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा हालसम्म उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय गरिएको छ ।

यस्तै, अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची पनि रहेको सचिवालयले जानकारी दिएको छ ।

गत चैत २२ गतेबाट सुरु भएको प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गतका बैठकहरू निरन्तर रूपमा सञ्चालन हुँदै आएका छन् ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
308 Shares