

कूटनीतिमा नयाँ अभ्यास: प्रधानमन्त्री बालेनद्वारा आज राजदूतहरूसँग सामूहिक भेट
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालको सहभागितामा हुने यो संवादले नेपालको कूटनीतिक अभ्यासमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहका अनुसार, सामूहिक रूपमा राजदूतहरूसँग संवाद गर्ने यो पहलले समय व्यवस्थापन, पारदर्शिता र समन्वयलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।
भेटवार्ता आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तय गरिएको छ। यसअघि प्रधानमन्त्रीहरूले पदभार सम्हालेपछि राजदूतहरूसँग एक–एक गरेर छुट्टाछुट्टै भेट गर्ने परम्परा रहँदै आएको थियो।
आजको भेटमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरूको समेत सहभागिता रहने बताइएको छ।
सरकारले यस किसिमको सामूहिक कूटनीतिक संवादलाई आगामी दिनमा नियमित अभ्यासका रूपमा अघि बढाउने संकेत गरेको छ, जसले अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



