सिंहदरबारमा अनावश्यक भिड नगर्न चेतावनी, उपसभामुखमा रूबी ठाकुरलाई समर्थन

आफन्त नियुक्तिमा नलाग्न रास्वपा सांसदलाई रवि लामिछानेको कडा निर्देशन

समाचार:
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई आफन्त र नजिकका व्यक्तिलाई नियुक्ति दिलाउने गतिविधिमा नलाग्न कडा निर्देशन दिएका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार बसेको संसदीय दलको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्। ‘जेनजीहरूको बलिदानबाट हामी यहाँसम्म आइपुगेका हौं,’ भन्दै उनले सांसदहरूलाई पदको दुरुपयोग नगर्न सचेत गराए।

लामिछानेले स्पष्ट शब्दमा भने, “आफन्त र साथीभाइलाई नियुक्ति गर्न नलाग्नू,” र जनअपेक्षा अनुसार काम गर्न आग्रह गरे।

त्यसैगरी, उनले सांसद, केन्द्रीय सदस्य तथा कार्यकर्ताहरूलाई अनावश्यक रूपमा सिंहदरबार तथा मन्त्रालयहरूमा भीड नगर्न पनि निर्देशन दिएका छन्। पार्टी प्रवक्ता मनिष झाले सभापतिको भनाइ उद्धृत गर्दै भने, “मन्त्रालयहरूमा अनावश्यक उपस्थिति र भिडभाड नगर्न स्पष्ट निर्देशन दिइएको छ।”

बैठकले उपसभामुख निर्वाचनबारे पनि महत्वपूर्ण निर्णय गरेको छ। रास्वपाले श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको हो। रास्वपाको समर्थनमै ठाकुरले उम्मेदवारी दर्ता गराएकी थिइन्।

उपसभामुखको निर्वाचन आजै हुने कार्यतालिका रहेको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
411 Shares