संविधान र जनअधिकारमा हस्तक्षेप भए सदन र सडकबाट कडा प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप भए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। उनले स्पष्ट रूपमा भने—संविधान र जनअधिकारमाथि आँच आए सदन र सडक दुवैबाट प्रतिरोध हुने छ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेशद्वारा नयाँ वर्ष २०८३ को अवसरमा आयोजित क्यालेन्डर विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारप्रति आफ्नो धारणा पनि प्रस्ट पारे। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार सकारात्मक र रचनात्मक काममा अघि बढे आफूहरूबाट सहयोग रहने उनले बताए।

तर उनले सरकारलाई चेतावनी दिँदै भने—संविधानमाथि छेडखानी, राष्ट्रिय हितमा आँच वा जनताले प्राप्त गरेका हक–अधिकार कटौती गर्ने कुनै पनि प्रयास सह्य नहुनेछ। “त्यस्तो अवस्था आए हामी सदनभित्र मात्र होइन, सडकबाट पनि सशक्त प्रतिवाद गर्छौं,” उनले जोड दिए।

दाहालले पछिल्लो समय विद्यार्थी तथा कर्मचारी ट्रेड युनियनका अधिकारमाथि प्रश्न उठाउने प्रयास भएको उल्लेख गर्दै सरकारलाई संवेदनशील बन्न आग्रह गरे। उनले लोकतान्त्रिक अधिकारहरू कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे।

संविधान संशोधनका विषयमा बोल्दै उनले आफूहरू संशोधनको विपक्षमा नरहेको तर संशोधनको दिशा स्पष्ट हुनुपर्ने बताए। महिला, दलित र उत्पीडित वर्गको अधिकार थप सुदृढ गर्ने तथा संघीयता मजबुत बनाउने उद्देश्यका लागि मात्र संशोधन हुनुपर्ने उनको धारणा थियो।

उनको अभिव्यक्तिले वर्तमान राजनीतिक परिस्थितिमा सरकारलाई जिम्मेवार र संवेदनशील रूपमा अघि बढ्न संकेत गरेको विश्लेषण गरिएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
383 Shares