

मोदीको निमन्त्रणा स्वीकार गर्दै प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारी सुरु
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारलाई छिमेकी भारतबाट उच्चस्तरीय कूटनीतिक संकेत प्राप्त भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएका छन्, जसलाई शाहले स्वीकार गरेका छन् ।
परराष्ट्रमन्त्री शिशिर खनाल ले निमन्त्रणाको पुष्टि गर्दै उपयुक्त समयमा भ्रमण तय गरिने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री शाहले समकक्षी मोदीको निमन्त्रणालाई सकारात्मक रूपमा लिँदै कूटनीतिक च्यानलमार्फत भ्रमणको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
यसैबीच, मौरिससमा आयोजित हिन्द महासागर सम्मेलनका क्रममा खनालले भारतीय विदेशमन्त्री एस जयशंकर सँग उच्चस्तरीय भेटवार्ता गरेका थिए । उक्त भेटमा दुई देशबीच परराष्ट्रमन्त्रीस्तरीय बैठक काठमाडौंमा आयोजना गर्ने र त्यसपछि प्रधानमन्त्रीस्तरीय भ्रमण अघि बढाउने सहमति बनेको छ ।
परराष्ट्रमन्त्री खनालका अनुसार प्रारम्भिक चरणमा परराष्ट्रसचिवस्तरीय वार्ता हुँदै द्विपक्षीय संयन्त्रहरूको पुनरावलोकन गरिनेछ । त्यसपछि सूचना प्रविधि, विकास साझेदारी र प्राथमिकताका परियोजनाहरूको स्पष्ट खाका तयार पारेर उच्चस्तरीय भ्रमण तय गरिनेछ ।
‘हामीले पहिले गृहकार्य पूरा गर्छौँ, त्यसपछि मात्रै उच्चस्तरीय भ्रमणमा जान्छौँ,’ खनालले मौरिससबाट दिएको प्रतिक्रिया उद्धृत गर्दै भने, ‘तयारीसहित हुने भ्रमणलाई सफल बनाउने हाम्रो उद्देश्य हो, र यसमा भारत पनि सकारात्मक छ ।’
सरकारले अब सरोकारवाला मन्त्रालयहरूसँग छलफल गर्दै राष्ट्रिय हितअनुसार परियोजनाहरूको प्राथमिकता निर्धारण गर्ने तयारी गरेको छ । प्रारम्भिक कूटनीतिक संवादपछि हुने यो सम्भावित भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा हेरिएको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



