

२००७ सालदेखिकै उच्चपदस्थको सम्पत्ति छानबिन हुनुपर्छ : झलनाथ खनाल
काठमाडौं । ले २००७ सालदेखि हालसम्म उच्चपदस्थ व्यक्तिहरूले आर्जन गरेको सम्पत्तिको व्यापक छानबिन हुनुपर्ने माग गरेका छन् ।
शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले २०४६ सालपछिको मात्र नभई प्रजातन्त्र स्थापनापछिका सबै कालखण्डमा भएका सम्भावित अनियमित सम्पत्तिमाथि अनुसन्धान हुनुपर्ने धारणा राखे ।
खनालले कुनै पनि समयावधिमा गलत तरिकाले आर्जन गरिएको सम्पत्ति राज्यको छानबिन दायरामा आउनुपर्नेमा जोड दिँदै प्रश्न गरे,
“२०४६ साल यताको मात्र होइन, २००७ सालदेखिकै सम्पत्ति किन छानबिन नगर्ने ? सरकारले उनीहरूलाई किन जोगाउन खोज्दैछ ?”
उनले आफ्नो पार्टीका सबै नेताहरू सम्पत्ति छानबिनका लागि तयार रहेको स्पष्ट पार्दै, पारदर्शी र कानुनी प्रक्रियामार्फत अनुसन्धान अघि बढाउनुपर्ने बताए ।
खनालले यस्ता छानबिनलाई राजनीतिक प्रतिशोधको माध्यम बनाउन नहुने चेतावनी पनि दिएका छन् ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



