

विगतबाट सिक्दै स्थायित्व, समृद्धि र सहकार्यतर्फ अघि बढ्न आह्वान
नयाँ वर्ष २०८३: ओलीको शुभकामना—‘अनुभव र ऊर्जाको समन्वयले देश अघि बढ्छ’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष ले नयाँ वर्ष २०८३ को अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले बितेको वर्ष २०८२ अब इतिहास बनेको उल्लेख गर्दै त्यस अवधिका सफलता, विफलता, अवसर र चुनौतीहरूबाट पाठ सिक्नुपर्ने बताएका छन्। उनले अनुभवहरूको समीक्षा गर्दै सकारात्मक दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
ओलीले विगतका कमजोरी र उपलब्धिहरूलाई आत्मसात गर्दै भविष्यतर्फ लक्षित हुनुपर्ने धारणा राखे। नयाँ वर्षले मुलुकलाई सुरक्षित, स्थिर र समृद्ध बनाउने दिशामा महत्वपूर्ण योगदान गर्ने विश्वास उनले व्यक्त गरे।
उनका अनुसार ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीच सार्थक समन्वय हुन सके देशले सकारात्मक परिवर्तनको गति लिन सक्छ। उनले यसै समन्वयलाई राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन्।
नयाँ वर्ष २०८३ ले देशमा स्थायित्व, समृद्धि र सहकार्यको वातावरण निर्माण गरोस् भन्ने कामनासहित उनले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१३ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



