

‘पाको अनुभव र युवा ऊर्जाबीच सहकार्य आवश्यक’ — नयाँ वर्षमा केपी शर्मा ओलीको आह्वान
काठमाडौँ । केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै समृद्ध राष्ट्र निर्माणका लागि अनुभव र युवाशक्तिबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै बितेको वर्ष २०८२ अब इतिहास बनिसकेको उल्लेख गरेका हुन्। उनले विगतका सफलता र विफलता, अवसर र चुनौती तथा कमजोरी र उपलब्धिबाट पाठ सिक्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
ओलीले आफ्नो सन्देशमा लेखेका छन्, “सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होऊन् वा उपलब्धि—२०८२ अब इतिहास भयो। इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस्।”
उनले मुलुकको समृद्धि र स्थायित्वका लागि पुस्तागत सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नयाँ वर्षले राष्ट्रिय एकता, विकास र समृद्धिको मार्गमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
नयाँ वर्ष २०८३ को अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिएका छन्।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१३ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



