

भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह, ओली–लेखक प्रकरणमा अनुसन्धान जारी
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता भएर अनुसन्धानको क्रममा रहेका संवेदनशील घटनाबारे भ्रामक तथा अप्रमाणित सूचना नफैलाउन सबैमा आग्रह गरेको छ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका र उपर सर्वोच्च अदालतको परमादेश तथा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनअनुसार जमानीमा राखेर विधिसम्मत रूपमा अनुसन्धान अगाडि बढाइएको छ।
प्रहरीले सोमबार जारी गरेको सूचनामा जिम्मेवार निकायसँग समन्वय गर्दै कानुनी प्रक्रिया अनुसार अनुसन्धान भइरहेको स्पष्ट पार्दै यससँग सम्बन्धित अनर्गल, भ्रामक तथा अपुष्ट सामग्री प्रसारण–प्रकाशन नगर्न अनुरोध गरेको छ। यस्ता सामग्रीले जनमानसमा भ्रम फैलाउने र गलत सूचना प्रवाह गर्ने जोखिम रहेको प्रहरीको भनाइ छ।
हालै सार्वजनिक एक भिडियो सामग्रीमा उक्त प्रकरणमा प्रहरीले जानाजान लापरवाही गरेको तथा बयान प्रक्रिया पूरा नगरी आरोपीलाई छोड्ने वातावरण बनाइएको दाबी गरिएको थियो। तर, प्रहरी स्रोतका अनुसार ती दाबीहरू अप्रमाणित र भ्रामक रहेको जनाउँदै सत्यतथ्यमा आधारित सूचना मात्र सार्वजनिक गर्न आग्रह गरिएको छ।
प्रहरीले अनुसन्धान प्रक्रियामा पारदर्शिता र विधिसम्मत कार्यशैलीलाई निरन्तरता दिँदै अफवाहभन्दा तथ्यमा आधारित जानकारीलाई प्राथमिकता दिन सबै सरोकारवालालाई अपिल गरेको छ।
समाज
थप सामाग्री-
सरकारद्वारा २०६२/०६३ पछिका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन
-
प्रधानमन्त्री बालेनको आह्वानमा मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल हुँदै
-
बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजन बाग श्रेष्ठले चौथोपटक निभाए परम्परा
-
लेन उल्लंघनमा सभामुख अर्यालकै गाडी कारबाहीमा, सिंहदरबारमै ट्राफिक प्रहरीको ‘एक्सन’
-
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु
नेपाल वायुसेवा निगममा तालिम प्रकरण: चलखेल प्रयास असफल, वरिष्ठताका आधारमा छनोट
१९ घण्टा अगाडि
3.1kViews 451 Shares Share on Facebook Share on Twitter काठमाडौं — नेपाल वायुसेवा निगमको अपरेसन विभागमा देखिएको विवादास्पद ‘क्रु ट्रेनिङ’…



