

आठ रात नौ दिन मनाइने बिस्केट जात्रा सम्पन्न
भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सम्पन्न हुँदैछ । गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको यो जात्रा आज सम्पन्न हुनेछ ।
जात्राअन्तर्गत आज अन्तिम दिन दिउँसो ४ः०० बजे गःहिटीबाट भैरवको रथ तानेर जात्रा सम्पन्न गर्ने गुठी कार्यालय भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले जानकारी दिए । आज अपराह्नसम्म सबै पूजा सम्पन्न हुनेगरी सुरु गरिने जनाउँदै उनले ४ः०० बजेदेखि भैरवको रथ तानेर जात्रा सम्पन्न हुने बताए ।आजसम्म जात्रा शान्तिपूर्ण रूपमा सञ्चालन भएको बताउँदै प्रमुख कर्माचार्यले आज रथ तान्ने क्रममा कुनै अप्रिय घटना नभए यस वर्षको जात्रा शान्तिपूर्ण हुने उल्लेख गरे।
आज लागि दुई हजार सुरक्षाकर्मी परिचालन
रथ तान्ने क्रममा रथलाई तौमढीबाट माथि र तल लैजाने क्रममा झडप वा विवाद हुनसक्ने भएकाले यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज दुई हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।भक्तपुरका प्रमुख जिल्ला अधिकारी गेपालप्रसाद अर्यालले बिस्केट जात्रामा हूलदङ्गा हुन नदिन र शान्तिपूर्ण रूपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा गरिएको बताए ।उनले भने, “रथ दिउँसो ४ः०० बजे तान्ने कार्यक्रम छ । जात्रामा सिसी क्यामराबाट प्रहरीले अनुगमन गरिरहेको हुन्छ । जात्रामा खटिएका सादा पोसाकमा सुरक्षाकर्मीले पनि मोबाइलबाट तस्बिर र श्रव्यदृश्यबाट अनुगमन गरिरहेको हुन्छ । स्थानीयको जात्रा भएकाले जात्रामा अवरोध नगर्ने गरी सुरक्षाकर्मी पछाडि बस्छ, हुलदङ्गा भयो भने र आवश्यकता हेरेर मात्रै सुरक्षाकर्मी अगाडि जाने व्यवस्था गरेका छौँ ।”जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले सुरक्षाका लागि जात्रामा आज दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए। उनले जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आह्वान गर्दै झडप भए मात्रै प्रहरी जात्रास्थल पुग्ने बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा टोली खटाइएको जानकारी दिँदै उहँले जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हूलदङ्गा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने उनले बताए । जात्राका लागि काठमाडौँबाट समेत थप प्रहरीको मद्दत ल्याएको बताउँदै सादा पोसाकमा सुरक्षाकर्मी जात्राका लागि खटिएको उनले उल्लेख गरे ।रासस
समाज
थप सामाग्री-
एसएसपी को उपस्थितिमा सिनामंगलमा शान्ति सुरक्षा अन्तरक्रिया सम्पन्न
-
सर्लाहीमा प्रहरी सक्रियता बढ्दो : एक महिनामा १३२ अपराध दर्ता, ९६ पक्राउ
-
आठ रात नौ दिन मनाइने बिस्केट जात्रा सम्पन्न
-
ललितपुरमा आज रातो मच्छिन्द्रनाथको रथारोहण, ऐतिहासिक जात्रा औपचारिक रूपमा सुरु
-
आज वैशाख ०५ गते शनिबार,यस्तो छ तपाईको राशिफल
कानुनभन्दा माथि कोही छैन: ट्राफिक अनुशासनमा उदाहरणीय कदम
१५ घण्टा अगाडि
2.8kViews 260 Shares Share on Facebook Share on Twitter सडक अनुशासन केवल सर्वसाधारणका लागि मात्र होइन, कानुन कार्यान्वयन गर्ने निकायका…



