

इन्धन मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईँको चेतावनी
काठमाडौं । मेडिकल व्यवसायी ले सरकारले सर्वसाधारण नागरिकमाथि ‘लुटपाट मच्चाएको’ आरोप लगाएका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईँले शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत समसामयिक राजनीतिक अवस्था र जनजीविकाका विषयमा सरकारको कडा आलोचना गरे।
उनले पछिल्लो समय भएको इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै एक साताभित्र निर्णय सच्याइएन भने सशक्त आन्दोलन थालिने चेतावनी दिए। “गरिब नागरिकमाथि सरकारले नै अन्याय गरिरहेको छ, तर प्रतिपक्षी दल मौन छन्,” उनले भने, “यसले संसद् प्रतिपक्षविहीनजस्तै बनेको छ।”
प्रसाईँले नेतृत्वको श्रम संस्कृति पार्टीप्रति पनि टिप्पणी गर्दै अपेक्षित रूपमा प्रतिपक्षी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए। उपसभामुख पद लिएर सरकारमै सहभागी भएपछि उक्त दलबाट जनपक्षीय आवाज कमजोर भएको उनको भनाइ थियो।
विद्यार्थी संगठन खारेज गर्ने चर्चा चलिरहेकोप्रति उनले असन्तुष्टि जनाउँदै त्यस्तो निर्णय नगर्न सरकारलाई चेतावनी दिए। “विद्यार्थी संगठन आवश्यक छ, किनकि अन्यायविरुद्ध आवाज उठाउने प्रमुख शक्ति त्यही हो,” उनले भने, “विगतमा सानो मूल्यवृद्धिमा समेत आन्दोलन हुन्थ्यो, तर अहिले ठूलो वृद्धि हुँदा पनि मौनता छ।”
त्यस्तै, उनले दुग्ध विकास संस्थानले किसानको करिब ९ अर्ब रुपैयाँ भुक्तानी नगरेको र स्वास्थ्य बीमा कार्यक्रममा करिब १९ अर्ब रुपैयाँ बक्यौता रहेको दाबी गर्दै ती विषयमा सरकारको ध्यानाकर्षण गराए।
प्रसाईँले जनजीविका र आर्थिक भारसँग सम्बन्धित मुद्दामा सरकार गम्भीर नभए थप आन्दोलन चर्किने संकेत दिएका छन्।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१२ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



