

सशस्त्र प्रहरीमा नयाँ नेतृत्व चयनको तयारी तीव्र, आईजीपी दौडमा तीन एआइजीबीच प्रतिस्पर्धा
काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको प्रक्रिया औपचारिक रूपमा अघि बढ्न थालेको छ। वर्तमान आईजीपी राजु अर्याल १७ बैशाखदेखि अनिवार्य अवकाशमा जाने भएपछि संगठनको नेतृत्व चयनलाई लिएर सरगर्मी बढेको हो।
आईजीपी पदका लागि बढुवाका प्रमुख दाबेदारहरू सक्रिय रूपमा दौडधुपमा लागेका छन्। यद्यपि सरकारले भने नियुक्ति प्रक्रिया निष्पक्ष र पारदर्शी हुने स्पष्ट संकेत दिएको छ। गृहमन्त्री सुधन गुरुङले कसैको चलखेल वा प्रभावमा निर्णय नहुने बताउँदै योग्यता र क्षमता आधारमै नयाँ नेतृत्व चयन गरिने बताएका छन्।
नयाँ आईजीपी चयनका लागि अर्यालकै ब्याचका दुई एआइजी—नारायणदत्त पौडेल र बंशी दाहालबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। तीमध्ये पौडेल दाहालभन्दा करिब ६ महिनाअघि एआइजीमा बढुवा भएका कारण वरिष्ठताका आधारमा उनी बलिया दाबेदार मानिएका छन्।
तर, जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले पौडेलमाथि कारबाही सिफारिस गरेको विषयले उनको सम्भावनामा असर पार्न सक्ने आकलन गरिएको छ। अर्कातर्फ, दाहाल जुनियर हुनुका साथै उनको पृष्ठभूमि पनि विवादरहित नरहेको चर्चा छ।
यसैबीच, तेस्रो एआइजी गणेश ठाडा मगरको नाम पनि सम्भावित विकल्पका रूपमा उभिएको छ। यद्यपि उनी वरिष्ठतामा पछाडि परे पनि वर्तमान परिस्थितिमा उनको सम्भावना नकार्न नसकिने विश्लेषण भइरहेको छ।
सरकारले निष्पक्ष मूल्याङ्कनमार्फत नयाँ आईजीपी चयन गर्ने तयारी गरिरहँदा सशस्त्र प्रहरी बलको भावी नेतृत्व कसको हातमा जाने भन्ने चासो बढ्दो छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१२ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



