

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना : ४ जनाको मृत्यु, १४ घाइते
सल्यान । सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–८ थाराबाट कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरतर्फ जाँदै गरेको लु प्र ००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ करिब ५:३० बजे बनगाड कुपिण्डे–१२ धाइरेमा दुर्घटनामा परेको हो।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
मृतकहरूमा बनगाड कुपिण्डे–८ का ५२ वर्षीय टोपबहादुर थापा, सोही उमेरका ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुन रहेका छन्। यस्तै, घाइते ३० वर्षीय मनबहादुर थापाको उपचारका क्रममा सुर्खेतको मेहलकुना अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन्, जसलाई तत्काल उद्धार गरी उपचारका लागि मेहलकुना अस्पताल पठाइएको हो।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको विवरण
गम्भीर घाइतेहरू:
- अम्मर सिंह कुँवर (६४)
- डम्मर घर्ती (२७)
- जनक थापा (३०)
- भुपेन्द्र कुँवर (४९)
- भुलबहादुर थापा (३०)
- जुगसिंह पुन (५६)
- चालक कुलबहादुर राना (३८)
मध्यम घाइतेहरू:
- अम्मर पुन (३८)
- नरसिङ थापा (२८)
- प्रेमबहादुर घर्ती (२५)
- नरबहादुर थापा (२५)
- कर्णबहादुर थापा (३८)
- लालबहादुर घर्ती (४५)
- तिलक थापा (१५)
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१२ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



