

नेकपा बैठक अनिर्णीत : एक महिनासम्म पनि निष्कर्ष निस्केन, आन्तरिक गृहकार्यकै कारण पुनः स्थगित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक बसेको करिब एक महिना पुग्न लाग्दा पनि अझै ठोस निर्णय आउन सकेको छैन। चुनावी पराजयपछि सुरु गरिएको गम्भीर समीक्षा प्रक्रिया अन्तिम चरणमा पुगेर पनि पुनः अनिश्चित बनेको हो।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर प्रदर्शन गरेपछि संयोजक ले चैत १९ गते बैठक आह्वान गरेका थिए। बैठकमा प्रस्तुत चुनावी समीक्षा प्रतिवेदनमाथि चैत २३ देखि २८ गतेसम्म करिब ४० सदस्यले लिखित तथा मौखिक धारणा राखेका थिए।
त्यसपछि वैशाख ३ गतेसम्मका लागि स्थगित गरिएको बैठकबाट निष्कर्ष आउने अपेक्षा गरिएको थियो। संयोजक प्रचण्ड र सहसंयोजक ले उठेका प्रश्नहरूको जवाफ दिएपछि शनिबार निर्णय सार्वजनिक गर्ने तयारी थियो। तर, अन्तिम समयमा आवश्यक तयारी नपुगेको भन्दै बैठक फेरि स्थगित गरिएको छ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय गरिएको बैठक स्थगित भएको जानकारी दिँदै मुख्य सचिव गणेशमान पुनले अब वैशाख १० तिर बैठक बस्न सक्ने संकेत गरेका छन्। उनका अनुसार आन्तरिक गृहकार्य अपुग भएकाले निर्णय प्रक्रियामा ढिलाइ भएको हो।
गृहकार्य अपुग, संरचना विवाद कायमै
संयोजन समितिका सदस्य चक्रपाणि खनाल ‘बलदेव’ का अनुसार नेताहरूको कार्य विभाजन, केन्द्रीय सचिवालय गठन र भावी कार्यक्रम निर्धारणमा सहमति जुट्न नसक्दा बैठक रोकिएको हो। उनले तत्कालै केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने सम्भावना न्यून रहेको बताए।
पार्टीभित्र महाधिवेशन घोषणा गरेर अगाडि बढ्ने कि अहिले नै विधानअनुसार सबै संरचना पूर्ण गर्ने भन्ने विषयमा मतभेद देखिएको छ। हालका लागि सचिवालय गठन र संयोजन समितिभित्रकै जिम्मेवारी बाँडफाँट हुने सम्भावना रहेको बताइएको छ।
युवा सहभागितामा विवाद
नेकपाभित्र युवाको भूमिकालाई लिएर पनि स्पष्ट धारणा बन्न सकेको छैन। केन्द्रीय तहमा कम्तीमा ५० प्रतिशत युवालाई स्थान दिनुपर्ने दबाब बढिरहेका बेला त्यसलाई तत्काल सम्बोधन गर्ने सम्भावना कम देखिएको छ।
युवाहरू दुई धारमा विभाजित छन्। एक पक्ष विधि, पद्धति र मापदण्ड निर्माणपछि मात्रै नेतृत्व हस्तान्तरण हुनुपर्ने बताउँछ भने अर्को पक्ष तत्कालै युवालाई नेतृत्वमा ल्याउनुपर्ने मागमा उभिएको छ।
सिन्धुपाल्चोक–२ का सांसद युवराज दुलालले प्रक्रिया र विधिलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। उनले महाधिवेशनमार्फत् स्पष्ट मापदण्ड बनाएर नेतृत्व चयन हुनुपर्ने बताए।
यता युवा नेता रञ्जित तामाङले पार्टी रूपान्तरणसँगै पुस्तान्तरण अपरिहार्य भएको भन्दै छिट्टै केन्द्रीय समिति बैठक बोलाएर महाधिवेशनको बाटो खोल्नुपर्ने बताएका छन्।
आन्दोलन सुधारका प्रस्ताव
यसैबीच, सदस्य बलदेवले वामपन्थी आन्दोलन सुधारका लागि चार बुँदे प्रस्ताव प्रस्तुत गरेका छन्। उनले संविधान निर्माणपछिका राजनीतिक शक्तिहरूसँग सहकार्य र मोर्चाबन्दी गर्दै सरकारका राम्रा कामको समर्थन र कमजोरीको रचनात्मक आलोचना गर्नुपर्ने सुझाव दिएका छन्।
निष्कर्ष अझै टाढा
लगातारको बैठक, छलफल र गृहकार्यका बाबजुद नेकपा अझै निष्कर्षमा पुग्न नसक्नुले पार्टीभित्रको रणनीतिक अन्योल र नेतृत्व तहको मतभेद स्पष्ट देखिएको छ। अब वैशाख १० मा बस्ने भनिएको बैठकले ठोस निर्णय दिन्छ कि फेरि अनिर्णयमै टुंगिन्छ भन्ने चासो बढेको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



