

काठमाडौंमा डेरा बस्नेको विवरण अनिवार्य राख्न प्रहरीको आग्रह
काठमाडौं । राजधानीमा बढ्दो आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले घरधनीलाई आफ्ना डेरावालहरूको विस्तृत विवरण अनिवार्य रूपमा राख्न आग्रह गरेको छ।
, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ताका अनुसार, यस्तो विवरण राख्दा अपराध हुन नदिन सहयोग पुग्ने र घटना भइहालेमा संलग्न व्यक्तिको पहिचान गर्न सहज हुने विश्वास गरिएको छ।
उनले भने, एउटै घरमा वर्षौंसम्म बसोबास गर्ने व्यक्तिबारे घरधनीलाई आधारभूत जानकारीसमेत नहुने अवस्था देखिएको छ। यस्तो अवस्थामा कुनै आपराधिक घटना भएमा अनुसन्धानमा कठिनाइ हुने भएकाले कम्तीमा पनि डेरावालको पहिचान खुल्ने विवरण राख्न आग्रह गरिएको हो।
पछिल्लो समय काठमाडौं उपत्यका तथा देशका प्रमुख सहरहरूमा भाडामा बस्ने केही व्यक्तिहरू लुटपाट, डकैतीलगायत आपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घरधनीले डेरामा बस्न दिने व्यक्तिबाट नागरिकता विवरण, स्थायी ठेगाना, सम्पर्क नम्बर लगायतका आधारभूत जानकारी लिनुपर्नेछ। आवश्यक परेमा पुलिस क्लियरेन्स रिपोर्ट समेत माग्न सकिने बताइएको छ।
यस कदमले निर्दोष व्यक्तिहरू अनावश्यक प्रहरी सोधपुछमा पर्ने अवस्थालाई समेत कम गर्ने विश्वास गरिएको छ।
सरकारले यसअघि नै उपत्यकाका विभिन्न स्थानमा महँगो भाडामा घर लिएर अवैध गतिविधि सञ्चालन भइरहेको फेला परेपछि यस्तो व्यवस्था लागू गर्न पहल गरेको थियो।
समाज
थप सामाग्री-
पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्रा: देवताको रक्षार्थ खुसीयालीको पर्व
-
यस्तो रहनेछ आजको मौसम
-
गृहमन्त्री गुरुङमाथि छानबिन माग्दै जेनजी मुभमेन्टको दबाब: पदबाट हटाउन सरकारसँग आग्रह
-
काठमाडौँमा सम्बन्धविच्छेदका मुद्दा बढ्दो: आधुनिकता, वैदेशिक रोजगारी र पारिवारिक तनाव मुख्य कारण
-
आज वैशाख ०७ गते सोमबार,यस्तो छ तपाईको राशिफल
कानुनभन्दा माथि कोही छैन
१४ घण्टा अगाडि
1.3kViews 461 Shares Share on Facebook Share on Twitter चैत २९ गते राति सार्वजनिक गरिएको गृहमन्त्रीको सम्पत्ति विवरणले नेपालको कानुनी…



