

गृहमन्त्री गुरुङमाथि छानबिन माग्दै जेनजी मुभमेन्टको दबाब: पदबाट हटाउन सरकारसँग आग्रह
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट हटाउन सरकारसँग जोडदार माग गरेको छ।
सोमबार प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र स्वार्थको द्वन्द्व सिर्जना हुने स्पष्ट उल्लेख गरिएको छ। वक्तव्यमा भनिएको छ कि आफ्नै विरुद्ध लागेका आरोपमाथि अनुसन्धान भइरहँदा पदमा कायम रहनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत हुन्छ, त्यसैले निष्पक्ष न्याय सुनिश्चित गर्न गुरुङको पदत्याग अपरिहार्य रहेको जिकिर गरिएको छ।
मुभमेन्टले सरकारलाई मन्त्री नियुक्ति र बर्खास्ती जस्ता संवेदनशील विषयलाई ‘कच्चा र अमर्यादित खेल’ नबनाउन चेतावनी दिँदै नेतृत्वबाट परिपक्वता, दूरदर्शिता र उच्च स्तरको जवाफदेहिता अपेक्षा गरेको छ। क्याबिनेट गठनलाई गम्भीर राजनीतिक र नैतिक निर्णयका रूपमा लिनुपर्ने भन्दै यसमा कुनै हल्कापन स्वीकार्य नहुने बताइएको छ।
वक्तव्यमा वर्तमान सरकारलाई ‘७६ जना शहीदहरूको रक्तबलिदानबाट प्राप्त जनादेशको प्रतिनिधि’ भएको उल्लेख गर्दै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न आग्रह गरिएको छ। साथै, सुशासन, पारदर्शिता र जवाफदेहिताको सवालमा कुनै पनि प्रकारको सम्झौता वा ढिलासुस्ती सह्य नहुने चेतावनी समेत दिइएको छ।
उल्लेखनीय छ कि विवादास्पद व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको साझेदारी रहेको विषय सार्वजनिक भएपछि उनीमाथि प्रश्न उठ्दै आएको छ। यसै सन्दर्भमा जेनजी मुभमेन्टले निष्पक्ष छानबिनका लागि तत्काल कदम चाल्न सरकारलाई दबाब दिएको हो।
समाज
थप सामाग्री-
आज अक्षय तृतीया : धार्मिक विश्वास, दान र शुभकार्यको विशेष दिन
-
सुशासनको नारा र हित–द्वन्द्वको गम्भीर प्रश्न
-
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
-
प्रशासनिक सुधारलाई विवाद बनाउने प्रवृत्ति : तथ्यभन्दा अफवाह बलियो बनाउने पत्रकारिता चुनौती
-
डिभिजन वन प्रमुखको अभिव्यक्तिले रौतहटमा विवाद, छानबिनको माग
गृहमन्त्री गुरुङको नाममा लघु बीमा कम्पनीमा सेयर रहेको खुलासा, सम्पत्ति विवरणमा नदेखिएको भन्दै प्रश्न
३ घण्टा अगाडि
1.6kViews 362 Shares Share on Facebook Share on Twitter काठमाडौं । विचौलिया दीपक भट्ट समूहसँग सम्बन्धित भनिएको एक लघु बीमा…



