दुई दिने बिदाको असर : मानहुँकोटमा आन्तरिक पर्यटन उकालो, व्यवसायी उत्साहित
तनहुँ — जेनजी आन्दोलन पछिको बालेन सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेपछि व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढ्न थालेको छ। बिदाको समय सदुपयोग गर्दै घुम्ने संस्कृतिको विस्तारसँगै यस क्षेत्रले नयाँ ऊर्जा पाएको स्थानीय व्यवसायीहरू बताउँछन्।
बिदाका दिनमा मानहुँकोट पुग्ने पर्यटकको सङ्ख्या विगतको तुलनामा तेब्बर बढेको होटल व्यवसायीहरूको भनाइ छ। होटल भ्यू टावरका सञ्चालक प्रेमबहादुर राउतका अनुसार, “अहिले पर्यटकको मुख्य सिजन नभए पनि दुई दिने बिदाले पहिलेभन्दा निकै बढी पाहुना आउन थालेका छन्। बिदाका दिन त होटल भरिभराउ हुने गरेका छन्।” पर्यटकको निरन्तर आगमनले स्थानीय व्यवसायमा उत्साह थपिएको उनले बताए।
सदरमुकाम दमौलीबाट करिब ६–७ किलोमिटर दूरीमै अवस्थित मानहुँकोट सहज पहुँचका कारण पनि आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। छोटो दूरी, मनमोहक दृश्य र शान्त वातावरणले गर्दा पारिवारिक घुमफिरका लागि यो स्थान रोजाइमा पर्न थालेको छ।
तर, पर्यटकको चाप बढेसँगै पूर्वाधारका चुनौतीहरू पनि सतहमा आएका छन्। व्यवसायीहरूले खानेपानीको अभावलाई मुख्य समस्याका रूपमा औंल्याएका छन्। “हामीले प्रतिलिटर डेढ रुपैयाँमा पानी किनेर व्यवसाय चलाउनुपरेको छ,” राउतले दुखेसो पोखे। सडकको स्तरोन्नति र दीर्घकालीन खानेपानी व्यवस्थापन तत्काल आवश्यक रहेको अर्का व्यवसायी चूडामणि दाहालको भनाइ छ।
यता, व्यास नगरपालिकाले मानहुँकोटको पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको जनाएको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेका अनुसार, “मानहुँकोटको प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन भइरहेका छन्। मानहुँकोट–पुलिमर्याङ अल्ट्राम्याराथनजस्ता कार्यक्रमले यहाँको प्रचारप्रसारमा टेवा पुगेको छ।” उनले खानेपानी समस्याको समाधानका लागि योजना तीव्र रूपमा अघि बढाइएको पनि जानकारी दिए।
शिरशिर चल्ने चिसो हावा, आकर्षक सूर्योदय, कुहिरोले ढाकिएको दमौली बजारको दृश्य र टाढा देखिने हिमाली शृङ्खलाको मनोरम झलकका कारण मानहुँकोट पछिल्लो समय नेपालकै उदीयमान पर्यटकीय गन्तव्यमध्ये एक बनेको छ।
स्थानीयको विश्वास छ—यातायात, खानेपानी र अन्य आधारभूत पूर्वाधारमा सुधार हुन सके मानहुँकोटले निकट भविष्यमा अझ ठूलो सङ्ख्यामा पर्यटक आकर्षित गर्नेछ।
तनहुँ — सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेपछि व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढ्न थालेको छ। बिदाको समय सदुपयोग गर्दै घुम्ने संस्कृतिको विस्तारसँगै यस क्षेत्रले नयाँ ऊर्जा पाएको स्थानीय व्यवसायीहरू बताउँछन्।
बिदाका दिनमा मानहुँकोट पुग्ने पर्यटकको सङ्ख्या विगतको तुलनामा तेब्बर बढेको होटल व्यवसायीहरूको भनाइ छ। होटल भ्यू टावरका सञ्चालक प्रेमबहादुर राउतका अनुसार, “अहिले पर्यटकको मुख्य सिजन नभए पनि दुई दिने बिदाले पहिलेभन्दा निकै बढी पाहुना आउन थालेका छन्। बिदाका दिन त होटल भरिभराउ हुने गरेका छन्।” पर्यटकको निरन्तर आगमनले स्थानीय व्यवसायमा उत्साह थपिएको उनले बताए।
सदरमुकाम दमौलीबाट करिब ६–७ किलोमिटर दूरीमै अवस्थित मानहुँकोट सहज पहुँचका कारण पनि आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। छोटो दूरी, मनमोहक दृश्य र शान्त वातावरणले गर्दा पारिवारिक घुमफिरका लागि यो स्थान रोजाइमा पर्न थालेको छ।
तर, पर्यटकको चाप बढेसँगै पूर्वाधारका चुनौतीहरू पनि सतहमा आएका छन्। व्यवसायीहरूले खानेपानीको अभावलाई मुख्य समस्याका रूपमा औंल्याएका छन्। “हामीले प्रतिलिटर डेढ रुपैयाँमा पानी किनेर व्यवसाय चलाउनुपरेको छ,” राउतले दुखेसो पोखे। सडकको स्तरोन्नति र दीर्घकालीन खानेपानी व्यवस्थापन तत्काल आवश्यक रहेको अर्का व्यवसायी चूडामणि दाहालको भनाइ छ।
यता, व्यास नगरपालिकाले मानहुँकोटको पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको जनाएको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेका अनुसार, “मानहुँकोटको प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन भइरहेका छन्। मानहुँकोट–पुलिमर्याङ अल्ट्राम्याराथनजस्ता कार्यक्रमले यहाँको प्रचारप्रसारमा टेवा पुगेको छ।” उनले खानेपानी समस्याको समाधानका लागि योजना तीव्र रूपमा अघि बढाइएको पनि जानकारी दिए।
शिरशिर चल्ने चिसो हावा, आकर्षक सूर्योदय, कुहिरोले ढाकिएको दमौली बजारको दृश्य र टाढा देखिने हिमाली शृङ्खलाको मनोरम झलकका कारण मानहुँकोट पछिल्लो समय नेपालकै उदीयमान पर्यटकीय गन्तव्यमध्ये एक बनेको छ।
स्थानीयको विश्वास छ—यातायात, खानेपानी र अन्य आधारभूत पूर्वाधारमा सुधार हुन सके मानहुँकोटले निकट भविष्यमा अझ ठूलो सङ्ख्यामा पर्यटक आकर्षित गर्नेछ।
समाज
थप सामाग्री-
गृहमन्त्री गुरुङमाथि छानबिनको माग: कांग्रेसको चेतावनी—‘ढाकछोप भए जनविश्वासमा गम्भीर आघात’
-
प्रहरी विधेयक पुनरावलोकनमा : प्रजिअ–प्रहरी अधिकार बाँडफाँटमा चर्को विवाद
-
“फेसबुक स्पष्टीकरणप्रति राप्रपा सांसद खुश्बु ओलीको आपत्ति: गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन आग्रह”
-
आज अक्षय तृतीया : धार्मिक विश्वास, दान र शुभकार्यको विशेष दिन
-
सुशासनको नारा र हित–द्वन्द्वको गम्भीर प्रश्न
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
८ घण्टा अगाडि
2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…