“फेसबुक स्पष्टीकरणप्रति राप्रपा सांसद खुश्बु ओलीको आपत्ति: गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन आग्रह”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले   गृहमन्त्रीले आफूमाथि लागेका गम्भीर आरोपबारे सामाजिक सञ्जालमार्फत दिएको स्पष्टीकरणप्रति कडा आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेकी छन्।

सोमबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ले गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले संवेदनशील विषयमा सामाजिक सञ्जालबाट जवाफ दिनु विधिसम्मत प्रक्रिया र संस्थागत मर्यादामाथि आघात भएको बताइन्। उनले यस्तो अभ्यासले राज्य संयन्त्रको विश्वसनीयता कमजोर बनाउने चेतावनी दिइन्।

‘यदि सामाजिक सञ्जालमा लेखेकै भरमा निर्दोष हुने हो भने भोलि सम्पत्ति शुद्धीकरण वा अन्य फौजदारी अभियोग लागेका जो–कोहीले पनि त्यही बाटो अपनाउन सक्छन्,’ भन्दै उनले यसलाई केवल व्यक्तिगत अभिव्यक्ति नभई राज्य प्रणालीसँग जोडिएको गम्भीर विषय भएको स्पष्ट पारिन्।

आफ्नै मुद्दामा कोही पनि आफैं न्यायाधीश हुन नसक्ने कानुनी सिद्धान्त स्मरण गराउँदै उनले पारदर्शिता, उत्तरदायित्व र जनविश्वास कायम राख्न गृहमन्त्री ले तत्काल पदबाट अलग भई स्वतन्त्र र निष्पक्ष छानबिनको सामना गर्नुपर्ने धारणा राखिन्।

उनका अनुसार निर्दोष प्रमाणित भएपछि मात्रै पुनः जिम्मेवारी सम्हाल्नु नै लोकतान्त्रिक संस्कार र सुशासनको मूल मर्मसँग मेल खाने बाटो हुनेछ।

त्यस्तै, गृहमन्त्रीले ‘पार्टीको निर्णय पूर्ण रूपमा पालना गर्ने’ भन्ने अभिव्यक्तिप्रति टिप्पणी गर्दै उनले मन्त्री पद कुनै दलको निर्देशनभन्दा माथि राज्यको आधिकारिक संयन्त्रबाट सञ्चालन हुनुपर्ने उल्लेख गरिन्। अनुसन्धान प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आफैं राज्य संयन्त्रको नेतृत्वमा रहनु भनेको विरोधाभासपूर्ण अवस्था भएको उनको भनाइ छ।

Facebook Comments Box
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
८ घण्टा अगाडि

2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…

TOP
326 Shares