

आज अक्षय तृतीया : धार्मिक विश्वास, दान र शुभकार्यको विशेष दिन
काठमाडौं — आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया देशभर धार्मिक आस्था र परम्पराअनुसार मनाइँदैछ। यस दिनलाई हिन्दू धर्मशास्त्रमा अत्यन्तै पवित्र र शुभ मानिन्छ।
परम्पराअनुसार आजको दिन जौको सातु र सर्वत सेवन गरेर गर्मी मौसममा शीतलता प्राप्त गर्ने चलन छ। यस दिनलाई केवल धार्मिक मात्र नभई मौसमी तथा स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरिन्छ।
पञ्चाङ्ग निर्णायक समितिका अनुसार अक्षय तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको विश्वास गरिन्छ। साथै, ८ चिरञ्जीवीमध्ये एक परशुरामको जन्मदिन पनि यही दिन पर्ने भएकाले यसलाई परशुराम जयन्तीका रूपमा समेत मनाइन्छ।
धार्मिक मान्यताअनुसार यही दिन भगवान शिव र माता पार्वतीको विवाह सम्पन्न भएको थियो। त्यसैले आजको दिन गरिएको स्नान, दान र पूण्यकार्यलाई विशेष फलदायी मानिन्छ।
ज्योतिषशास्त्र अनुसार आज सूर्य र चन्द्रमा आफ्ना उच्च राशिमा रहने भएकाले यो दिनलाई ‘स्वयंसिद्ध मुहूर्त’ मानिन्छ। अर्थात् कुनै पनि शुभकार्य गर्न पञ्चाङ्ग हेर्न आवश्यक नपर्ने विश्वास छ।
यस अवसरमा विवाह, गृहप्रवेश, पदभार ग्रहण, सुन तथा सम्पत्ति खरिद, सवारी साधन किनमेल, भूमि पूजा र नयाँ व्यवसाय प्रारम्भ जस्ता कार्यलाई अत्यन्तै शुभ मानिन्छ।
शास्त्रअनुसार अक्षय तृतीयाका दिन गरिएको दान र धर्मकर्मबाट प्राप्त हुने पुण्य ‘अक्षय’ अर्थात् कहिल्यै नाश नहुने हुन्छ भन्ने विश्वास छ। त्यसैले यस तिथिलाई दान–पुण्यका लागि विशेष अवसरका रूपमा लिइन्छ।
वैशाख महिनालाई भगवान विष्णुको प्रिय महिना मानिने भएकाले यस समयमा विष्णु भक्तिको पनि विशेष महत्व रहने धार्मिक विश्वास रहेको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१२ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



