

गृहमन्त्री गुरुङ विवादमा भीम रावलको प्रश्न: सरकारको ‘शून्य सहनशीलता’ परीक्षा
काठमाडौं । भीम रावल ले गृहमन्त्री सुधन गुरुङमाथि लागेको विवादबारे सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन्द्र शाहको जवाफदेहितामाथि समेत औंला ठड्याएका छन्।
पूर्वगृहमन्त्रीसमेत रहेका रावलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’को नारा दिएको दल अहिले व्यवहारिक परीक्षामा परेको टिप्पणी गरे। उनका अनुसार गृहमन्त्रीजस्तो संवेदनशील पदमा रहेका व्यक्तिमाथि उठेका गम्भीर आरोपमा सरकारको स्पष्ट र विश्वसनीय कदम अनिवार्य हुन्छ।
गृहमन्त्री गुरुङ हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग कथित व्यापारिक साझेदारीका कारण विवादमा तानिएका छन्। साथै, जेनजी आन्दोलनपछि खरिद गरिएको भनिएको सेयर सम्पत्ति विवरणमा नखुलाएको आरोपसमेत उनीमाथि लागेको छ।
यसै सन्दर्भमा रावलले लेखेका छन्, “राज्यको आचरण, अनुशासन र सुरक्षासँग प्रत्यक्ष सम्बन्धित गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका गृहमन्त्रीबारे सार्वजनिक भएका यति गम्भीर विषयमा पारदर्शिता र जवाफदेहिता देखिनैपर्छ। सुशासन र शून्य सहनशीलताको कुरा गर्नेहरू अहिले के गर्छन् भन्नेमा जनता चनाखो छन्।”
उनले व्यंग्यात्मक शैलीमा थपे, “यदि यस्तै आरोप अन्य दलका मन्त्रीमाथि लागेको भए तत्काल पदबाट हटाएर स्वतन्त्र छानबिनको माग गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको अडान हुन्थ्यो, हैन र?”
रावलको यो टिप्पणीसँगै गृहमन्त्री गुरुङमाथि उठेको विवादमा सरकारको आगामी कदमप्रति चासो र बहस थप चुलिएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



