गृहमन्त्री गुरुङविरुद्ध पक्राउ र छानबिनको माग गर्दै जेनजी मुभमेन्टको उजुरी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङविरुद्ध कारबाहीको माग गर्दै ‘जेनजी मुभमेन्ट’ले प्रहरी महानिरीक्षकसमक्ष औपचारिक उजुरी दर्ता गराएको छ।

आन्दोलनका प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित उक्त उजुरी इमेलमार्फत प्रहरी प्रधान कार्यालयमा पठाइएको जनाइएको छ। उजुरीमा गृहमन्त्री गुरुङलाई तत्काल पदबाट बर्खास्त गर्न सिफारिस गर्नुपर्ने, पक्राउ गरी हिरासतमा राखी अनुसन्धान अगाडि बढाउनुपर्ने, दबाबमुक्त तथा समयबद्ध छानबिन सुनिश्चित गर्नुपर्ने र अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नुपर्ने चार बुँदे माग राखिएको छ।

उजुरीमा बहालवाला गृहमन्त्रीकै विरुद्ध अनुसन्धान भइरहेको अवस्थामा पदमा कायम रहनु स्वार्थको द्वन्द्व तथा प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने दाबी गरिएको छ। पदमै रहँदा प्रमाण नष्ट हुन सक्ने तथा निष्पक्ष न्याय प्रक्रियामा अवरोध पुग्न सक्ने जोखिम औंल्याइएको छ।

जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न गतिविधिप्रति पनि उजुरीमा गम्भीर आरोप लगाइएको छ। पानी वितरणको नाममा स्वयंसेवकको आवरणमा आन्दोलनलाई प्रभावित पार्ने प्रयास गरिएको, आन्दोलनलाई हिंसात्मक दिशातर्फ मोड्ने र राज्य संयन्त्र कमजोर पार्ने गतिविधि भएको दाबी गरिएको छ।

त्यसैगरी आन्दोलनको दुरुपयोग गर्दै आर्थिक लाभ लिएको, बिचौलिया र दलालसँग मिलेमतो गरेको तथा आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जना सहिद र घाइतेप्रति अपमानजनक व्यवहार गरिएको आरोपसमेत समावेश गरिएको छ।

उक्त उजुरीको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलाई पनि पठाइएको प्रवक्ता शाहले जानकारी दिए।

प्रहरी ऐन २०१२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाउन आन्दोलन पक्षले प्रहरी प्रशासनसँग आग्रह गरेको छ।

Facebook Comments Box
प्रधानमन्त्री वालेनको असंवेदनशील शब्द हटाउन हर्क साम्पाङसँग अल्पसंख्यक समुदायको गुहार
११ घण्टा अगाडि

2.0kViews 119 Shares Share on Facebook Share on Twitter काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहको विगतको र्‍याप ब्याटलमा प्रयोग भएका असंवेदनशील…

TOP
461 Shares