

सांसदको दबाबमा प्रहरी निलम्बन रोक्ने प्रयास? अडियो प्रकरणले फेरि विवादमा सई जबरा
काठमाडौं, ८ वैशाख । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुशील कुमार कानु मार्फत गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयमा दबाब सिर्जना गरी जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ सई सागर शमशेर जबराको निलम्बन सिफारिस ‘होल्ड’ गराउने प्रयास भइरहेको भन्ने समाचार सार्वजनिक भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद कानु र वरिष्ठ सई जबराबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै, निलम्बन प्रक्रिया रोक्न उच्च तहमा दबाब दिइएको दाबी गरिएको छ।
अडियो प्रकरणसँग सम्बन्धित उक्त विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सागर शमशेर जबरामाथि निलम्बन प्रक्रिया अघि बढाइएको हो। प्रहरीका अनुसार, जबराले आफ्नै संगठन र कार्यालय प्रमुखलाई बद्नाम गर्ने उद्देश्यले एक व्यापारीसँग फोन संवाद गरी बनावटी अडियो तयार पारेर सार्वजनिक गरेको आरोप छ।
मधेश प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता एसपी भेषराज रिजालले जारी गरेको विज्ञप्तिमा प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै प्रहरी नियमावली बमोजिम निलम्बन प्रक्रिया सुरु गरिएको उल्लेख गरिएको छ। साथै, घटनाबारे थप अनुसन्धान र छानबिन जारी रहेको जनाइएको छ।
यसैबीच, वरिष्ठ सई जबरा र रामजी महासेठ नामक व्यापारीबीचको टेलिफोन संवाद बाहिरिएको छ। उक्त संवादमा डीआईजीलाई रकम बुझाउने विषयमा कुराकानी भएको भनिएको छ। डीआईजीको नाम प्रयोग गरी बद्नाम गराउने प्रयास भएको आशंकामा सम्बन्धित निकायले पनि छुट्टै छानबिन अघि बढाएको जनाएको छ।
विगतको कुटपिट प्रकरण पनि चर्चामा
यसअघि पनि वरिष्ठ सई सागर शमशेर जबरा र सास्वपा सान्सद कानु विवादमा तानिएका थिए। पर्साको वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी माथि कुटपिट गरेको आरोपमा उनीसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
पर्सा जिल्ला अदालतको आदेशमा जारी उक्त पक्राउ पुर्जीबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले पुष्टि गरेका थिए। वडाध्यक्ष चतुर्वेदीले किटानी जाहेरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।
गत २९ फागुनमा वीरगञ्जस्थित एक पार्टी प्यालेसमा भएको घटनामा वडाध्यक्ष चतुर्वेदीमाथि समूहगत आक्रमण भएको बताइएको छ। घटनाको सीसीटीभी फुटेजमा समेत आक्रमण भएको दृश्य देखिएको प्रहरी स्रोतले जनाएको थियो।
उक्त घटनामा संलग्नताको आरोपमा वरिष्ठ सई जबरासहित सात जनाविरुद्ध मुद्दा दर्ता भई कानुनी प्रक्रिया अघि बढाइएको थियो।
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.1kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



