

गृहमन्त्री गुरुङमाथि छानबिनको माग तीव्र, विपक्षी दलको मार्गप्रशस्त गर्न आग्रह
काठमाडौं — विवादास्पद व्यापारीसँग सेयर कारोबार गरेको आरोप लागेका गृहमन्त्री सुदन गुरुङमाथि छानबिनको माग गर्दै विपक्षी दलहरू आक्रामक बनेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेस, एमाले, श्रम संस्कृति पार्टी र राप्रपाले गुरुङमाथि गम्भीर नैतिक प्रश्न उठाउँदै स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गरेका छन्।
कांग्रेसले गृहमन्त्रीसँग जोडिएको पछिल्लो प्रकरणले राजनीतिक नैतिकता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै उच्चस्तरीय छानबिन आवश्यक रहेको बताएको छ। छानबिन प्रक्रियामा ढिलासुस्ती, प्रभाव वा ढाकछोप हुन सक्ने आशंकाप्रति सचेत गराउँदै कांग्रेसले यस्तो अवस्था आए सुशासन र जनविश्वासमा गम्भीर आघात पुग्ने चेतावनी दिएको छ।
एमालेले पनि सो प्रकरणमा निष्पक्ष अनुसन्धानको माग दोहोर्याएको छ। पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त भएर छानबिन गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री स्वयंले अनुसन्धानलाई सहज बनाउन मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।
यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री गुरुङलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन्। उनले बारम्बार विवादमा आउनु उचित नभएको उल्लेख गर्दै नैतिक जिम्मेवारी वहन गर्नुपर्ने बताएका हुन्। राप्रपाले पनि सरकार र रास्वपालाई यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न दबाब दिएको छ।
यसैबीच, गृहमन्त्री गुरुङले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बैंकबाट ऋण लिएर सेयरमा लगानी गरेको र सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको दाबी गरेका छन्।
उनका अनुसार आफूले दुई करोडभन्दा बढीको सेयर लगानी सम्पत्ति विवरणमै खुलाइसकेको उल्लेख गर्दै ‘स्टार माइक्रो इन्स्योरेन्स’ र ‘लिबर्टी माइक्रो’मा गरिएको लगानी पनि सोही समूहअन्तर्गत पर्ने बताएका छन्। “यो लुकाउने विषय होइन, वर्गीकरणको विषय हो,” उनले स्पष्ट पारेका छन्।
गृहमन्त्री गुरुङसँग सम्बन्धित यो प्रकरणले अहिले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। विपक्षी दलहरूले छानबिनको मागलाई थप तीव्र बनाउने संकेत दिएका छन् भने सरकारको आगामी कदमलाई चासोका साथ हेरिएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



