पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना : पैदलयात्रीको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व),
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका–१० सिस्ने क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

गैंडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा२झ ३८५४ नम्बरको टाटा सुमोले पैदलयात्रीलाई ठक्कर दिँदा चितवनको भरतपुर महानगरपालिका–२५ निवासी ४७ वर्षीय श्यामबहादुर भुजेल गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दुर्घटनापछि घाइते भुजेललाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको हो।

प्रहरीले दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। ठक्कर दिने उक्त सवारीसाधन कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका) नवलपरासी (बर्दघाट सुस्तापूर्व) को रहेको पनि प्रहरीले जानकारी दिएको छ।

यस घटनाले पूर्व–पश्चिम राजमार्गमा सवारी सुरक्षाबारे पुनः गम्भीर प्रश्न उठाएको छ।

Facebook Comments Box
TOP
132 Shares