

सडकमा ट्राफिक अनुशासन कडाइ गर्न एसएसपी अधिकारीको निर्देशन
काठमाडौँ :
काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले ट्राफिक प्रहरीलाई अनुशासित, शिष्ट र सेवामुखी व्यवहार गर्न निर्देशन दिएका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुखसमेत रहेका एसएसपी अधिकारीले ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको स्थलगत निरीक्षण गर्दै ड्युटीमा खटिएका ट्राफिक प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका हुन्।
निरीक्षणका क्रममा उनले सडकमा खटिँदा नागरिकसँग नम्र र सहयोगी व्यवहार गर्न विशेष जोड दिँदै सेवामुखी प्रहरीको छवि मजबुत बनाउन निर्देशन दिए। साथै, सवारी साधन व्यवस्थापनलाई थप व्यवस्थित बनाउने, सडक अनुशासन कायम राख्ने तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने कार्यमा थप सक्रिय र जिम्मेवार बन्न उनले ट्राफिक प्रहरीलाई सचेत गराए।
एसएसपी अधिकारीले ट्राफिक व्यवस्थापन सुधारलाई प्राथमिकतामा राख्दै उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न नवीन र प्रभावकारी उपाय अपनाउन पनि निर्देशन दिएका छन्।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
११ घण्टा अगाडि
1.7kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



