

हिरासत मृत्यु प्रकरणमा भ्रामक समाचार नफैलाउन प्रहरीको आग्रह, छानबिन समिति सक्रिय
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने तथा शान्ति–सुरक्षामा नकारात्मक असर पार्ने किसिमका सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
प्रहरीले सुनकोशी गाउँपालिका–३ का श्रीकृष्ण विकको मृत्यु प्रकरणबारे विभिन्न माध्यममा तथ्यहीन, भ्रामक तथा अनर्गल प्रचार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार जबरजस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका विक गत सोमबार शौचालयभित्र रडमा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारका लागि लगिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि सत्यतथ्य सार्वजनिक गर्न सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिमा पीडित पक्षका प्रतिनिधि, जिल्लास्थित दलित सङ्घसंस्था तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको छ ।
प्रहरीका अनुसार समितिले घटनाको निष्पक्ष अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ र यसको प्रतिवेदन प्राप्त भएपछि यथार्थ विवरण सार्वजनिक गरिनेछ ।
प्रहरीले अनुसन्धान प्रभावित पार्ने, समाजमा अनावश्यक त्रास र भ्रम फैलाउने सामग्री नप्रसारण गर्न सञ्चारमाध्यम र सर्वसाधारणसँग अपिल गर्दै जिम्मेवार सूचना प्रवाहमा जोड दिएको छ ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
११ घण्टा अगाडि
1.7kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



