

सुकुमबासी बस्ती हटाउने तयारीविरुद्ध नागरिक आन्दोलनको चेतावनी, “बल प्रयोग नगर्नू”
काठमाडौं:
बृहत् नागरिक आन्दोलनले सुकुमबासी बस्तीहरू जबरजस्ती खाली गराउने सरकारी तयारीप्रति गम्भीर आपत्ति जनाउँदै बल प्रयोग नगर्न सरकारलाई चेतावनी दिएको छ।
बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत आन्दोलनले प्रधानमन्त्रीबाट सुरक्षा निकायलाई बस्ती खाली गराउन ठाडो निर्देशन दिएको भन्ने विषयप्रति असन्तुष्टि व्यक्त गरेको हो। आन्दोलनले यस्तो कदम संविधानको मर्म र सरकारकै प्रतिबद्धताविपरीत भएको आरोप लगाएको छ।
मन्त्रिपरिषद्ले पारित गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीमा भूमिहीन र सुकुमबासीको प्रमाणीकरण तथा पुनर्वासमार्फत दिगो समाधान गर्ने प्रतिबद्धता जनाइएको भए पनि व्यवहारमा त्यसको उल्टो गतिविधि भइरहेको नागरिक आन्दोलनको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानले प्रत्येक नागरिकलाई आवासको हक मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। यस्तो अधिकारको प्रत्याभूति नगरी जबरजस्ती बस्ती हटाउने, उठिबास लगाउने वा विस्थापन गर्ने कार्य मानव अधिकारको गम्भीर उल्लङ्घन हो।”
आन्दोलनले प्रमाणीकरण, पुनर्वास, सुरक्षित आवास र वैकल्पिक जीविकोपार्जनको सुनिश्चितता नगरी कुनै पनि प्रकारको बलपूर्वक निष्कासन अस्वीकार्य हुने स्पष्ट पारेको छ।
यस्तै, यस्तो कदमले सामाजिक तनाव चर्किन सक्ने र सरकारको वैधतामाथि नै प्रश्न उठ्न सक्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
११ घण्टा अगाडि
1.7kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



