

बासले गर्यो मालपोतमा नागरिक गुनासो संकलनमिति २०८३
बैशाख । नेपालगञ्ज बास नेपालको आयोजनामा बिहीबार भुमिसुधार तथा मालपोत कार्यालय बाँकेमा सेवाग्राहीहरुबाट नागरिक गुनासो संकलन गरेको छ ।सुशासन प्रबद्र्धन, सार्बजनिक गुनासो ब्यवस्थापमा सहजिकरन तथा सरकारी कार्यालयको ्सेवा प्रवाहमा थप सुधार ल्याउने उद्धेश्यले सेवाग्राहीहरुको बढी चाप रहने कार्यालयहरुम सञ्चालन गर्दै आएको उक्त नागरिक गुनासो संकलन कार्यक्रम आज मालपोत कार्यालयमा आयोजना गरेका हो ।कार्यालय समयमा सेवाग्राहीहरुबाट संकललित गुनासोहरुलाई कार्यालय प्रमुख समक्ष पेश गरी समस्या समाधान गर्नका लागि पहल गर्दै आएको र सोही अनुरुप आज जिल्लाका बिभिन्न पालिकाहरु तथा अन्य जिल्लाहरुबाट समेत सेवा लिन आएका सेवाग्राहीलाई भेटी उनीहरुका समस्याहरु टिपोट गरेको छ ।पहिले्को तुलनामा कार्यालयबाट प्रवाह हुने सेवामा केही सुधार भएतापनि संकलित गुनासाहरुमा एउटै काकमका लागि पटक पटक धाउनसपर्ने समस्या भएको,सहायता कक्ष नभएको, सेवाग्राहीहरुको भिडभाड हुने भएकाले टोकन सिस्टमको ब्यवस्था हुनुपर्ने, सेवाग्राहीहरुलाई पिउने पानीको ब्यवस्था नभएको, सहज सथानमा शौचालयको ब्यवस्था नभएको, कार्यालय प्राङ्गनमा ्सफा नभएको, प्रर्याप्त रुपमा सेवाग्राहीहरु बस्नको लागि ब्यवस्था नभएको, सबै सेवा एकै स्थानबाट प्रवाह हुनुपर्ने, पार्किङ अब्यवस्थित लगायतका रहेका छन् ।उक्त गुनासो संकलन कार्यक्रमका संयोजक माधव कार्की सहित बास नेपालका मिना घर्ति, ज्योती बुढामगर, ज्योती दास, रचना चौधरी र संगिता बिकले उक्त कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरु सँग गुनासो संकलन गरेका थिए
समाज
थप सामाग्री-
जनरक्षाको समाचार प्रति डिएसपी पनेरुको आपत्ति
-
आज वैशाख ११ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
बासले गर्यो मालपोतमा नागरिक गुनासो संकलनमिति २०८३
-
१४ करोडको आवास रित्तै, थापाथलीमा अल्टिमेटम : विकल्प हुँदाहुँदै सुकुमबासी किन सर्न मानेनन्?
-
सुकुमबासी बस्ती हटाउने तयारीविरुद्ध नागरिक आन्दोलनको चेतावनी, “बल प्रयोग नगर्नू”
सामाजिक सञ्जाल दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा चुनौती : आईजीपी कार्की
२० घण्टा अगाडि
2.2kViews 401 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपालमा बढ्दो साइबर अपराध नियन्त्रणमा गम्भीर चुनौती देखिएको भन्दै…



