

३० वर्षे सेवापछि सई गोकर्ण गौतमको सम्मानसहित बिदाई
काठमाडौं । नेपाल प्रहरीमा तीन दशक लामो सेवा पुरा गरी अनिवार्य अवकाशमा जानुभएका सई गोकर्ण गौतमलाई एक विशेष कार्यक्रमबीच सम्मानपूर्वक बिदाई गरिएको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित एसएसपी कृष्ण पंगेनीले गौतमलाई सम्मानपत्र प्रदान गर्दै उहाँको समर्पित सेवाको उच्च प्रशंसा गर्नुभयो। कार्यक्रममा प्रहरी अधिकृतहरू तथा सहकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बिदाई मन्तव्य व्यक्त गर्दै एसएसपी पंगेनीले सई गौतमले आफ्नो कार्यकालभरि संगठनप्रति इमानदारी, अनुशासन र कर्तव्यनिष्ठाका साथ जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्नुभयो। उहाँले गौतमको अनुभव र योगदान नेपाल प्रहरीका लागि सधैं प्रेरणादायी रहने विश्वास व्यक्त गर्नुभयो।
तीन दशक लामो सेवायात्रामा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएका गौतमले संगठनको छवि सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको सहकर्मीहरूले बताएका छन्। कार्यक्रममा सहभागीहरूले उहाँको आगामी जीवन सुखद र सफल रहोस् भन्ने कामना गरेका थिए।
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.1kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



