

थापाथलीमा सुकुमबासी बस्ती हटाउने अभियान सुरु, अवरोध आशंकामा ३ जना पक्राउ
काठमाडौँ । सरकारले थापाथलीसहित विभिन्न स्थानका सुकुमबासी बस्ती हटाउने अभियान सुरु गरेसँगै सम्भावित अवरोध रोक्न प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कार्मी र दिनेश सुनार रहेका छन्। उनीहरूलाई थापाथली क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
यसअघि शुक्रबार पनि प्रहरीले सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी (नारायण परियार) लाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार परियार २०७९ सालमा काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित बस्ती हटाउने प्रयास गर्दा सुरक्षाकर्मीमाथि आक्रमणमा संलग्न रहेको आरोपमा ‘ज्यान मार्ने उद्योग’ मुद्दामा फरार सूचीमा रहेका थिए।
सरकारले शनिबारदेखि थापाथली, गैह्रीगाउँ र मनहरा फाँटका सुकुमबासी बस्ती खाली गराउने कार्य औपचारिक रूपमा सुरु गरेको छ। सम्भावित विरोध र झडपलाई मध्यनजर गर्दै ती क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति समेत बढाइएको छ।
बस्ती हटाउने अभियानसँगै स्थानीय स्तरमा तनावको अवस्था देखिन सक्ने भन्दै प्रशासनले सतर्कता अपनाएको जनाएको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
११ घण्टा अगाडि
1.7kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



