

घुस लिँदै प्रहरी हबल्दार पक्राउ, कास्कीमा अख्तियारको ‘एक्सन’
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको आरोपमा कास्कीका एक प्रहरी हबल्दारलाई रंगेहात पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत ३९ वर्षीय हबल्दार विष्णु थापा क्षेत्र रहेका छन्। उनलाई स्थित एक खाजाघरबाट अख्तियारको पोखरा कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार थापाले लागुऔषध मुद्दामा संलग्न प्रतिवादीलाई मुद्दा मिलाइदिने तथा सहजीकरण गरिदिने प्रलोभन देखाउँदै ५० हजार रुपैयाँ घुस लिएको सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा खटिएको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
११ घण्टा अगाडि
1.7kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



