५० हजार घुससहित प्रहरी वरिष्ठ हवलदार पक्राउ

काठमाडौँ । कास्की जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी वरिष्ठ हवलदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीले लागूऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस माग गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले क्षेत्रीलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा वैशाख १२ गते नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

पक्राउ परेका क्षेत्रीमाथि हाल थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Facebook Comments Box
TOP
338 Shares