रातो मत्स्येन्द्रनाथ रथयात्रा उत्साहपूर्वक जारी, लगनखेलतर्फ अघि बढाइँदै

ललितपुर — वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा ललितपुरमा उत्साहपूर्वक जारी छ। शनिबार सुनधाराबाट तानिएको रथलाई चक्रबहिल पुर्‍याइएको छ। आइतबार उक्त रथलाई चक्रबहिलबाट लगनखेलतर्फ लैजाने कार्यक्रम रहेको छ।

जात्रामा ललितपुर र आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहने गरेको छ। वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजिने रातो मत्स्येन्द्रनाथको यो जात्रा नेपालकै सबैभन्दा लामो तथा महत्वपूर्ण सांस्कृतिक पर्वमध्ये एक मानिन्छ।

ऐतिहासिक मान्यताअनुसार यस जात्राको सुरुवात लिच्छविकालीन राजा नरेन्द्रदेवको शासनकालमा भएको हो। पौराणिक कथनअनुसार, एक समय काठमाडौँ उपत्यकामा लगातार १२ वर्षसम्म भीषण खडेरी परेको थियो। त्यस समयमा गुरु गोरखनाथले नवनागहरूलाई आफ्नो आसनमुनि थुनेर ध्यानमा बसेका कारण वर्षा हुन नसकेको विश्वास गरिन्छ।

ऋषिमुनि तथा तान्त्रिकहरूको सल्लाहअनुसार राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचार्य र ललित ज्यापूको सहयोगमा गुरु गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई भारतको कामरूप कामाख्याबाट नेपाल ल्याइएको मानिन्छ। गुरु आएको थाहा पाएपछि गोरखनाथ ध्यानबाट उठी दर्शन गर्न जाँदा नागहरू मुक्त भई वर्षा भएको जनविश्वास छ।

त्यसै समयदेखि मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पूजा गर्ने तथा रथयात्रा गर्ने परम्परा निरन्तर चल्दै आएको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१५ घण्टा अगाडि

1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
318 Shares