

सरकारसँग भिजन छैन, पाँच वर्ष डोजर र लाठी मात्र देखिन्छ : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले सरकारले सञ्चालन गरिरहेको सुकुमवासी बस्ती हटाउने अभियानप्रति कडा असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आगामी पाँच वर्षमा गरिब, निमुखा, साना व्यवसायी तथा सुकुमवासी समुदायले “डोजर, प्रहरी, लाठी, बुट, बन्दुक र जेल” मात्र देख्नुपर्ने अवस्था आउन सक्ने टिप्पणी गरेका हुन् ।
साम्पाङले सरकारसँग जनमुखी विकासको स्पष्ट दृष्टिकोण (भिजन) नरहेको आरोप लगाउँदै भनेका छन्, “अरु केही छैन भिजन।” उनले चुनावका बेला आफूले यस्ता विषयमा सचेत गराएको दाबी गर्दै, तर मतदाताले त्यसलाई बेवास्ता गरेको समेत उल्लेख गरेका छन् ।
“मैले चुनावताका धेरै भनेको थिएँ, तर बुझेनन्। अब परिचेतिनेछन्,” भन्दै उनले आगामी दिनमा जनताले यथार्थ अनुभव गर्ने संकेत गरेका छन् ।
हाल काठमाडौँ उपत्यकामा नदी किनारमा रहेका अव्यवस्थित तथा सुकुमवासी बस्ती हटाउने सरकारी अभियान तीव्र रूपमा अघि बढाइएको छ । यस क्रममा केही स्थानमा तनावसमेत देखिएको छ ।
यसैबीच, सांसद तथा सामाजिक अभियन्ता हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति निरन्तर आलोचनात्मक धारणा राख्दै आएका छन् ।
समाज
थप सामाग्री-
बाँकेका १२ सामुदायिक वनमा डढेलो
-
काठमाडौंमा सुकुम्बासी व्यवस्थापन अभियान जारी, सयौं परिवार अस्थायी आवासमा स्थानान्तरण
-
मनोहरा किनारमा सुकुम्बासी व्यवस्थापन : तनावबीच आईजीपी कार्की स्वयं फिल्डमा, संयमित ढंगले अभियान अघि बढ्दै
-
बुटवलमा सरकारी जग्गा अतिक्रमण हटाउन डोजर सञ्चालन
-
कडा सन्देश कि सन्तुलनको परीक्षा? रुपन्देहीको ‘स्वीप अप्रेसन’माथि विचार
मनोहरा किनारका अतिक्रमित बस्तीको स्थलगत अवलोकन, सुरक्षित स्थानान्तरणमा जोड : आईजीपी दान बहादुर कार्की
५ घण्टा अगाडि
1.4kViews 398 Shares Share on Facebook Share on Twitter काठमाडौँ ।नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले मनोहरा नदी किनारमा अतिक्रमित…



